YouTube Link

उत्तर कोरियाली नेता किमले किन हवाइ सेवा प्रयोग नगरेर रेल किन नै रोजे त

Facebook Link

यहि फ्रेबुअरी २७ र २८ तारिख हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीच दोश्रो शिखर वार्ता हुन लागेको छ । ट्रम्प र किमको सुरक्षा र वार्तालाई ध्यान दिदै भियतनाम सरकारले १० दिन देखि तयारी जारी राखेको छ ।

वार्तामा भाग लिन भन्दै किम वार्ता हुनु ५ दिन अघि अर्थात शनिवार नै देश छाडिसकेका छन् । हजुरबुबा किम इल सुङको पदचाप पछ्याउदै किम हरियो रेल मार्फत भियतानाम तर्फ गइरहेका छन् । किम इल सुङले कोरियाली प्रायद्धिपको विभाजन पछि आफ्नो पक्षमा समर्थन जुटाउन रेल मार्फत रुसी नेता जोसेफ स्टालिनलाई भेट्न मस्को पुगेका थिए ।

४ हजार किलोमिटर भन्दा लामो दुरीको यात्रा किमले रेलबाट गरिहेका छन् । उनका बुबा किम जोङ इलको विदेश यात्रा रेलबाट गर्ने पराम्परालाई पछ्याउदै किम पनि ६० घण्टे रेल यात्रामा निस्किएका हुन । शनिबार प्योङयाङबाट छुटेको रेल बेइजिङको क्वान्चाउ रुट हुदै दक्षिण सिमा तर्फ अगाडि बढिरहेको छ । रेलमार्फत चीन र भियतनामको सिमा क्वान्सी पुगेपछि भने १ सय ७० किलोमिटरको हनोइ यात्रा किमले विशेष कारगेड मार्फत तय गर्नेछन ।

किमको रेल र कार यात्राको सुरक्षालाई ध्यानमा राखी रेल र सडकमार्गमा सुरक्षा व्यावस्था कडा पारिएको छ भने किमको सवारी हुदाँ सडक पनि बन्द गरिएको छ । विश्वका सवैजसो राष्ट्र प्रमूखले हवाई यात्रा गरिरहदा किमले यति लामो यात्रा पनि किन रेलमार्फत गरे त ? पराम्परागत शैली र बेइजिङले दिएको हवाइजहाज भन्दा रेल यात्रा सुरक्षित हुन सक्ने भएकोले किमले पनि हरियो रेलको यात्रा गरेको विश्लेषक बताउँछन् ।

यद्यपी किम परिवारले विदेश यात्रामा रेल नै प्रयोग गर्नुको रहस्य फरक छ । किमका पिता किम जोङ इल भने हवाइ यात्रा गर्न डराउने गरेको बताइन्छ । हजारौ किलोमिटर पार गर्दै रेलबाट भियतनाम पुगेपछि बुधवार किमले ट्रम्पसँग आणविक निशस्त्रीकरणको वार्ता गर्नेछन् । सिंगापूरमा सम्पन्न वार्तामा भएको सहमतिलाई मुर्त रुप दिन पनि यो शिखर वार्ता महत्वपुर्ण हुने ठानिएको छ । विश्वको ध्यान तानिरहेको दोस्रो शिखर वार्ताको रिपोर्टिङका लागि अहिले विश्वभरबाट २ हजार ६ सय भन्दा बढी पत्रकार हनोइ पुगेका छन ।

हनोई वार्ता सफल भए प्राविधिकरुपमा युद्धको अवस्थामा रहेको कोरियाली प्रायद्धिपमा शान्ति र स्थायित्व कायम हुने र उत्तर कोरिया पनि आर्थिक रुपमा अगाडि  बढ्ने विश्लेषण गरिएको छ । आइतबार ट्रम्पले वार्ता सफल हुने र उत्तर कोरियालाई आर्थिकरुपमा शक्तिसाली बन्ने अवसरको ढोका खुल्ने बताएका थिए । तर वार्ता पछिको परिणाम कता जान्छ त्यो हेर्न भने बाँकि छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...