YouTube Link

नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा गगनलाई अघि सार्‍यो

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनमा थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने निर्णय गरेको हो ।

 

पार्टीले पाँचवटा स्पष्ट मापदण्ड तय गरेर थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो । कांग्रेसले प्रस्ताव गर्ने उम्मेदवार सक्षम र अब्बल हुने उपसभापति विश्वप्रकाश शर्माले बताएका छन् । उनका अनुसार ती मापदण्डमा व्यक्तिको पृष्ठभूमि, संस्कार, देशलाई कसरी नेतृत्व गर्ने क्षमता, संघर्ष वा सत्तामा परीक्षण भइसकेको अवस्था तथा देशको भूगोल चिन्न सक्ने क्षमता सहितका छन् ।

 

प्रधानमन्त्रीका रूपमा थापालाई अघि सार्ने निर्णयबारे बोल्दै शर्माले भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’पछि पार्टीभित्र आएको परिवर्तनलाई पनि ध्यानमा राखिएको बताए । उनका अनुसार कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व र नयाँ नीति अघि सारेको छ । शर्माले भने, ‘प्रधानमन्त्री बन्ने कुरा पार्टी नेतृत्वमा सीमित हुँदैन । देशको नेतृत्व गर्ने व्यक्ति आवेगमा होइन, संवेग र परिपक्वताका साथ काम गर्ने हुनुपर्छ ।’ उनले कुनै पनि नेतृत्वको वास्तविक परीक्षण संघर्षको मैदान वा सत्तामा हुने बताए ।

 

देशको भूगोल बुझ्ने क्षमता पनि थापाको अर्को बलियो पक्ष भएको शर्माको भनाइ छ । कर्णाली र मधेशजस्ता विविध भौगोलिक क्षेत्रलाई समेटेर देश हाँक्न सक्ने क्षमताका कारण उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको उनले स्पष्ट पारे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...