Texas College
YouTube Link

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी गरेका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न केन्द्रीय कार्यालयका तर्फबाट महाधिवेशन आह्वान गर्न लागेका हुन् ।

 

पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग पटक पटक कुराकानी भए पछि कुनै निकास ननिस्किएपछि विशेष महाधिवेशन आह्वान गर्न लागेको केन्द्रीय सदस्य अजयवाबु सिवाकोटीले जानकारी दिए । महामन्त्री थापाले यसअघि नै केन्द्रीय कार्यसमितिले नबोलाए महामन्त्रीको विशेषाधिकार प्रयोग गर्ने बताएका थिए ।

 

आज बिहान ९ बजे बस्ने कार्यसम्पादन समितिको बैठकपछि यो घोषणा हुनसक्ने सिवाकोटीको भनाइ छ । पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्दै महाधिवेशन प्रतिनिधिलाई संयुक्त रूपमा काठमाडौं बोलाउन लागिएको हो । कार्यसम्पादन समितिले भने आगामी बैशाखमा महाधिवेशन गर्ने कार्यतालिका पारित गरी विशेष महाधिवेशनको औचित्य नरहेको सर्कुलर वडा कमिटीसम्म गरिएको छ । संस्थापन पक्ष राष्ट्रिय सभा निर्वाचनको तयारीमा लाग्दा महामन्त्रीद्वयको यो कदमले पार्टीको  विवाद नयाँ चरणमा प्रवेश गर्ने भएको छ ।

 

महामन्त्री पक्षले महाधिवेशनको तयारी तीव्र पारेको छ । हिजो नै आवश्यक पर्ने विभिन्न १८ वटा समिति गठन गरिएको छ । महाधिवेशन कार्यक्रमका लागि काठमाडौंको भृकुटीमण्डपस्थित हल एक सात आघि नै बुक भइसकेको छ । तर, विशेष महाधिवेशनको पक्षमा खुलेका केही नेताहरुले हस्ताक्षर फिर्ता गरेपछि यो पक्ष दबाबमा छ । बहुमत प्रतिनिधि उपस्थित गराएर नेतृत्व परिवर्तन गराउने प्रयासमा रहेको थापा पक्ष बहुमत नपुगे भेलाका रूपमा सीमित पार्ने तयारीमा छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खुल्यो ‘निर्वाचन प्रहरी’ का लागि भर्ना

खुल्यो ‘निर्वाचन प्रहरी’ का लागि भर्ना

वि.सं.२०८२ पुस २४ बिहीवार ०७:४१

काठमाडौं: प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३४ हजार निर्वाचन प्रहरी...

हेर्नुहोस् आज २०८२ पुस २४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ पुस २४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८२ पुस २४ बिहीवार ०६:५८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदै

वि.सं.२०८२ पुस २३ बुधवार ०८:०४

काठमाडौं: राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन हुने...

नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दै

नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दै

वि.सं.२०८२ पुस २३ बुधवार ०७:४२

काठमाडौं:  नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ...

सञ्चारमन्त्रीले गरे मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक

सञ्चारमन्त्रीले गरे मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक

वि.सं.२०८२ पुस २२ मंगलवार १८:१५

काठमाडौं: सञ्चारमन्त्री जगदीश खरेलले पुस ११ र २१ गतेको मन्त्रिपरिषद्...

११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

वि.सं.२०८२ पुस २२ मंगलवार १८:०५

काठमाडौं: गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।...