YouTube Link

हेर्नुहोस् आज २०८२ पुस २४ गते बिहीबार तपाईको राशिफल

Facebook Link

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समय दिन नसक्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। नियमित काम र व्यवसायमा सामान्य लाभ हुनेछ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ, सजग रहनुहाेला।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। चल-अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ। धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर समेत दिलाउनेछ।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। खर्च हुने डरले सताउन सक्छ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन अनुकूल र निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मेहनत गर्दा काम काम सम्पादन हुनेछ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ने समय छ। कुनै बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। उचित मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा केही काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द
घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले खर्च भने बढाउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आफन्तकाे स्नेह तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ। तर अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ला।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। नियमले राेक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...