YouTube Link

नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि सभापति उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ गतेदेखि २८ गतेसम्म तोकिएपछि सभापति उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ  । नेता शेखर कोइराला, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य कल्याण गुरूङले सभापति उठ्ने बताइसकेका छन् ।

 

सभापति शेरबहादुर देउवा अब सभापति पदमा उम्मेदवार हुन पाउँदैनन् । उनी लगातार दुई कार्यकाल सभापति बनेकोले तेस्रो कार्यकाल सभापतिमा उम्मेदवारी दिन पार्टी विधानले नै रोक्छ । विधान संशोधन गरेर देउवा सभापति उठ्ने पक्षमा छैनन् । सभापति देउवाले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहेको कुरा असोज २८ गतेको केन्द्रीय समिति बैठकमै भनेका थिए ।

 

गत वर्षदेखि नै सभापति देउवाले अब आफू राजनीतिबाट रिटायर्ड हुन खोजेको बताएका थिए । भदौ २४ को जेन-जी आन्दोलनमा प्रदर्शनकारीहरूको आक्रमणबाट देउवा दम्पती घाइते भएका थिए । उनीहरू सिंगापुरमा उपचार गरेर स्वदेश फर्किसकेका छन् । यसबीच मंसिर १५ को केन्द्रीय समितिले पुस १६ गतेदेखि पुस २८ गतेभित्र पार्टीका वडादेखि केन्द्रसम्मको अधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ । सभापति देउवासहितको सक्रियतामा यो कार्यतालिका आएको थियो ।

 

अहिले क्रियाशील सदस्यता नवीकरणका काम धमाधम भइरहेका छन् भने नयाँ क्रियाशील बाँड्न केन्द्रीय कार्यालयले फारम पार्टीका तल्ला तहमा पठाउने काम गरिरहेको छ । पुस १४ गतेभित्र क्रियाशील सदस्यता नयाँ र नवीकरण भएकाको सूची सभापति, कार्यवाहक सभापति हुँदै निर्वाचन समितिको हातमा पुग्ने गरी कार्यतालिका आएको अवस्था छ ।

 

क्रियाशील सदस्यताको काम चल्दै गर्दा माघ ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ मा हुने प्रतिनिधि सभा प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्न पनि कांग्रेसले क्षेत्रीय कार्यसमितिहरूलाई परिपत्र गरिसकेको छ । पार्टीका तल्ला तहमा क्रियाशील सदस्यता र चुनावका लागि उम्मेदवार हुनेको आकांक्षीबारे चर्चा हुँदै गर्दा केन्द्रमा भने १५औं महाधिवेशनमा प्रतिस्पर्धा गर्ने सभापतिदेखि पदाधिकारीहरूको उम्मेदवारी घोषणा गर्ने क्रम चलेको छ ।

 

कांग्रेसभित्र विभिन्न समूह रहेकोले ती समूहले आफ्ना समूहबाट एक जनालाई सभापतिमा उठाउने गरी छलफलहरू पनि गर्न थालेका छन् । अब सभापतिमा देउवा उठ्न नमिल्ने भएकोले यो समूहभित्र सभापति पदका उम्मेदवारको खोजी जारी छ । केही नेताहरूले आफूलाई उम्मेदवार बनाउन पहल पनि गर्न थालेका छन् ।

 

सभापति देउवानिकट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पछिल्लो समय ‘७ भाइ’ भनेर चिनिएका नेताहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला, प्रकाशशरण महतमध्ये अधिकांश सभापतिका आकांक्षी छन् । यीमध्ये चुनावअघि महाधिवेशन गर्न हुँदैन भन्नेमा निधि-सिंह र सिटौला थिए । सभापति देउवा नै चुनावअघि महाधिवेशन गर्ने पक्षमा देखिएपछि उनीहरू मानेका हुन् ।

 

पछिल्लो समय डेढ महिनासम्म केन्द्रीय समिति बैठक चल्दै गर्दा निधि-सिंह र सिटौलाले करिब ९० जना केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। ती सबै सभापति देउवानिकट केन्द्रीय सदस्यहरू थिए । अब देउवा सभापति उठ्न नपाउने अवस्थामा निधि-सिंह र सिटौलाले देउवानिकट केन्द्रीय सदस्यहरूलाई आफूनिकट बनाउन दिनहुँजसो बानेश्वरमा भेला गर्ने गरेकोसमेत चर्चा भएको थियो ।

 

देउवानिकट ‘७ भाइ’ नेताहरूले कार्यवाहक सभापति खड्कालाई समेत समेटेर ‘८ भाइ’ बनाउने र देउवासहित छलफल गरेर सभापति उम्मेदवार तय गर्ने तयारी गरिरहेका छन् । देउवानिकट केन्द्रीय सदस्यहरूले अरू पदमा आफूहरूले सल्लाह गरेर टुंगो लगाउने भन्दै सभापति उम्मेदवार भने अहिलेका सभापति देउवा र ‘८ भाइ’ नेताहरूबीच सल्लाह गरेर तय गर्न आग्रह गरेका छन् ।

 

कांग्रेसमा सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३२ केन्द्रीय सदस्य महाधिवेशनबाट चुनिएर आउने, कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य सभापतिबाट मनोनीत गर्ने व्यवस्था छ । साथै सभापतिभन्दा दोस्रो मत ल्याउने व्यक्ति विधानअनुसार स्वत: केन्द्रीय सदस्य हुन्छ । केन्द्रीय समिति १६७ सदस्यीय हुनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...