YouTube Link

आजको पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगाल तथा दोस्रो खेलमा कराची सिटी र नसरिन स्पोट्स भिड्दै

Facebook Link

काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिपमा आज दुई खेलहरु हुँदैछन् । दशरथ रंगशालामामा हुने पहिलो खेलमा श्रीलंकाको ट्रान्सपोर्ट युनाइटेड र भारतको इस्ट बंगालबीच खेल हुनेछ । यी दुईबीचको खेल दिउँसो २:०० बजे हुनेछ भने दास्रो खेल पाकिस्तानको कराची सिटी र बंगलादेशको नसरिन स्पोट्स क्लबबीच हुनेछ । यी दुईबीच दशरथ रंगशालामा नै साँझ ६ बजे सुरु हुनेछ ।

 

श्रीलकाको क्लब युनाइटेडको यो दोस्रो खेल हो । पहिलो खेलमा पाकिस्तानको कराची सिटीसँग एक-एकको बराबरी खेलेको युनाइटेडलाई जित्नै पर्ने दबाब छ । साबिक विजेता इस्ट बंगालको भने यो पहिलो खेल हो । बंगलादेशको नसरिन स्पोट्स क्लब नेपालको आर्म पुलिस फोर्स (एपीएफ) साँग ४-० गोल अन्तरले पराजित भएको थियो भने कराचीको एक अंक छ ।

 

नेपाली टोली एपीएफको खेल आगामी बिहीबार श्रीलंकाको ट्रान्सपोर्ट युनाइटेडसँग हुनेछ । आफ्नो पहिलो खेलमा बंगलादेशको नसरिन स्पोट्सलाई ४­-० गोल अन्तरले हराएको छ । दक्षिण एसियाका पाँच टोली सहभागी प्रतियोगिताको एपीएफ ३ अंकका साथ शीर्ष स्थानमा छ ।

 

च्याम्पियनसिपका खेल राउन्ड रोबिन आधारमा हुनेछन् । लिग चरणमा शीर्ष र दोस्रो स्थानको टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् ।

 

सहभागी टिमलाई प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा व्यवस्था गरिएको छ । एन्फाले प्रतियोगिताको लागि दुई खालको टिकटदर कायम गरेको छ । साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य राखिएको छ । टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । प्रतियोगिताको लागि अनुमानित बजेट ३ करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...