YouTube Link

आर्थिक वर्ष २०८१/०८२ मा नेपाल प्रहरीका काम-कारबाही : बेरुजु फर्छयौटमा सर्वोत्कृष्ठ, राजश्व दाखिला बढाउँदै

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा ९९ करोड २३ लाख ३० हजार ६ सय ५० रुपैयाँ ६१ पैसा बेरुजु फर्छयौट गर्नुपर्ने दायित्वमा ९१ करोड १२ लाख ३७ हजार ३ सय ५२ रुपैयाँ ५५ पैसा (९१.८२ प्रतिशत) फर्छयौट गरी बेरुजु फर्छयौट मूल्याङ्कन र अनुगमन समितिको कार्ययोजना बमोजिम बेरुजु फर्छयौटमा सर्वोत्कृष्ठ स्थान हासिल गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नेपाल प्रहरी प्रधान कार्यालयलगायत देशैभरका प्रहरी कार्यालयहरुमा लिलाम गर्नुपर्ने भनी औंल्याइएका २ सय ६२ वटा सवारी साधनहरुमध्ये १ सय ८४ वटा सवारी साधनहरुको लिलाम बिक्री भई १ करोड १ लाख ६ हजार ९ सय रुपैयाँ ६५ पैसा राजश्व दाखिला गरिएको छ ।

 

उता ट्राफिक कारबाहीबाट आर्थिक वर्ष २०८१/०८२ मा नेपाल प्रहरीले १ अर्ब १८ करोड १८ लाख ८७ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक घिमिरे भन्छन्- ‘२०७६/०७७ मा २ अर्ब १७ करोड ७६ लाख ४२ हजार ३ सय ५४, २०७७/०७८ मा २ अर्ब ३९ करोड ९५ लाख ५६ हजार ९ सय ५१, २०७८/०७९ मा ३ अर्ब ४४ करोड ७४ लाख २८ हजार ८ सय १७, २०७९/०८० मा ३ अर्ब १५ करोड ६४ लाख १५ हजार ५ सय ७२, २०८१/०८२ मा ५ अर्ब १६ करोड ८ लाख ६ हजार ५ सय ६० रुपैयाँ राजश्व नेपाल प्रहरीले दाखिला गरेको छ ।’ यो तथ्याङ्कले राजश्व दाखिलामा नेपाल प्रहरीले प्रत्येक वर्ष आफ्नो योगदान बढाउँदै लगेको देखिन्छ ।

 

प्रहरी महानिरीक्षक दीपक थापाले कार्यभार सम्हालेपछि विशेष कल्याणकारी कर्जा कार्यक्रमबाट प्रहरी कर्मचारीहरु बढीभन्दा बढी लाभान्वित होउन् भन्ने उद्देश्यअनुरुप आधारभूत तहका प्रहरी कर्मचारीहरुलाई ७ वर्ष सेवा अवधिपश्चात् मात्र कर्जा वितरण गरिने व्यवस्थालाई ५ वर्ष सेवा अवधि पुगेपश्चात् कर्जाको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको, सहुलियत कर्जा ४ लाख रुपैयाँबाट बृद्धि गरी ५ लाख रुपैयाँ पुर्याइएको, घर कर्जा १० लाख रुपैयाँबाट बृद्धि गरी घर तथा जग्गा खरिदमा २० लाख रुपैयाँ बनाई सबै कर्जामा १ प्रतिशतका दरले ब्याज घटाई आधारभूत तहका प्रहरी कर्मचारीहरुले छोटो अवधिमा जागिर छाड्ने प्रवृत्तिलाई निरुत्साहित गरी ‘एक घर एक प्रहरी’ बनाउने उद्देश्य राखी कार्य भइरहेको, बहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीका सन्ततिहरुलाई कक्षा ६ देखि १० सम्म वार्षिक ८ हजार रुपैयाँबाट बढाई १२ हजार रुपैयाँ छात्रवृत्तिको व्यवस्था गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक घिमिरे बताउँछन् ।

 

यस्तै नेपाल प्रहरीले ट्राफिक प्रहरीमा लामो समय (१५ वर्षभन्दा बढी) समय कार्यरत प्रहरी कर्मचारीहरुलाई अन्यत्र सरुवा गर्ने नीति कार्यान्वयन गरेको छ भने नेपाल प्रहरीका बहालवाला र पूर्व प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा दिने हेतुले नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघबीच समझदारी पनि गरेको छ । नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारीमार्फत् अपराध न्यूनीकरणका लागि महिला हिंसा न्यूनीकरण, लागूऔषधविरुद्ध जनचेतना, घरेलु हिंसा न्यूनीकरण, सडक दूर्घटना न्यूनीकरणलगायतका शीर्षकमा आर्थिक वर्ष २०८१/०८२ मा १ लाख ९ सय ३५ वटा कार्यक्रम सञ्चालन गरेकोमा समुदायकेन्द्रीत ८९ हजार १ सय ८८ र विद्यालयकेन्द्रीत ११ हजार ७ सय ४० कार्यक्रम थिए भने त्यसबाट लाभान्वित संख्या ३६ लाख ७९ रहेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ ।

 

आर्थिक वर्ष २०८१/०८२ मा विरोध तथा प्रदर्शनतर्फ देशैभर विरोध र्याली २ हजार ५ सय ८, धर्ना १ हजार २१, तालाबन्दी ९ सय १५, बाटो अवरोध १ सय ५३, अनशन १ सय ५०, सवारी आगजनी ७६, सवारी तोडफोड ३३, हड्ताल १५, चक्काजाम १३ वटा भएको र त्यसमा नेपाल प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने काम-कारबाही संयमित भएर गरेको, सोही आर्थिक वर्षमा १० हजार ७० वटा विपद्का घटना घटेका, विपद् उद्दारमा ६३ हजार ८ सय ८० प्रहरी कर्मचारीहरु प्रत्यक्षरुपमा खटिएका, २२ हजार ४ सय ७८ परिवार विपद्का घटनाबाट विस्थापित भएको र प्रतिदिन औषतमा २७ वटा विपद्का घटना घट्ने गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

 

आर्थिक वर्ष २०८१/०८२ मा नेपाल प्रहरीले सफल अनुसन्धान गरी कारबाही र मुद्दा दर्ता गरेका १० चर्चित अनुसन्धानहरुमा सुगर ड्याडी भन्ने आशिष देउला (काठमाडौं) लाई २०८१ असोज १० गते अपहरण तथा शरीर बन्धक मुद्दा, प्रहरी कार्यालय सहयोगीको हत्या (बारा) २०८१ पुस ६ गते कर्तव्य ज्यान मुद्दा, २०८१ असोज ६ गते विनोद खड्गीको मृत लास फेला परेको घटना (काभ्रे), सुलिकोट घटना (गोरखा), २०८१ चैत ५ गते २५ करोड बरामद (काठमाडौं) आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको, गुलसाना खातुन हत्या (सिरहा) २०८१ फागुन २९ गते ज्यानसम्बन्धी कशुर मुद्दा, चक्कु प्रहार गरी बुबाद्वारा छोराको हत्या (भक्तपुर) २०८१ पुस २ गते कर्तव्य ज्यान मुद्दा, नेकपा माओवादी महावीर समूहको एरिया इञ्चार्ज जयप्रकाश यादवको हत्या (कपिलवस्तु) २०८१ असोज ३० गतेदेखि बेपत्ता भएको, सामूहिक जवर्जस्ती करणी (कपिलवस्तु) २०८१ साउन ५ गते, भोजपुर हत्याकाण्ड (भोजपुर) २०८१ असार २१ गते रहेका छन् ।

 

त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा धेरै संख्यामा दर्ता भएका १० मुख्य अपराधहरुमा बैंकिङ्ग कशुर, सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कशुर, आत्महत्या, लागूऔषध, चोरी, जवर्जस्ती करणी, ठगी, सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह रहेका छन् भने यसमा पनि सबैभन्दा बढी बैकिङ्ग कशुरका अपराध रहेका छन् । घरेलु हिंसासम्बन्धी उजुरी आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा ६.५७ प्रतिशतले बृद्धि भएको देखिन्छ, जसको कारण हिंसा सहेर बस्नु हुँदैन, उजुरी गर्नुपर्छ भन्ने चेतनाको बृद्धि नै हो । साइबर ब्यूरोमा दर्ता भएको उजुरीको संख्या भने आर्थिक वर्ष २०८०/०८१ को भन्दा २०८१/०८२ मा ४.१ प्रतिशतले कमी आएको छ । यसलाई साइबर ब्यूरोको उजुरीका आधारमा देखाएको सक्रियता कारण मान्न सकिन्छ । साइबर ब्यूरोमा दर्ता भएका उजुरीको आधारमा १९ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा धेरै ४३.२३ प्रतिशत पीडक देखिएका छन् भने २६ देखि ३५ वर्ष उमेर समूहका सबैभन्दा धेरै ३६.८१ प्रतिशत पीडित देखिएका छन् ।

 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरी दर्ता भएका उजुरीहरुलाई चाँडै छानवीन गरी प्रक्रिया टुङ्ग्याउन हरसम्भव प्रयासरत् रहेको, कुनै पनि किसिमका अपराधविरुद्ध निर्मम भएको, देशमा शान्ति-सुरक्षा र अमन-चैन कायम राख्ने सवालमा २४ सै घण्टा बफादार भएर लागिपरेको बताए । स्मरणीय छ, नेपाल प्रहरीले अपराध अनुसन्धानमा आफूलाई दक्षिण एसियाको उत्कृष्ठ अनुसन्धातामा दर्ज गराएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...