YouTube Link

उजुरी दर्ता बढ्दै, प्रहरी सक्रियता बढाउँदै, मनसुनजन्य प्रतिकार्यका लागि प्रहरीको तयारी

Facebook Link

काठमाडौं: नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरको मुद्दा देखिएको छ । बैंकिङ कसुरका मुद्दा ११ हजार ४८ दर्ता रहेको उनले बताए । नेपाल प्रहरीले पछिल्लो १० महिनामा छुट्याएका मुख्य १० अपराधमा बैकिङ कसुरको मुद्दा पहिलो स्थानमा देखिएको हो । जनचेतनासँगै प्रहरीको सक्रियता र प्रहरीप्रतिको आममानिसको विश्वासले अपराधविरुद्ध उजुरी दिने क्रम बढेको पनि पाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक थापा भन्छन्- ‘संगठित अपराधमा संलग्न जो-कोहीलाई कानूनले तोकेको अधिकार प्रयोग गरी कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिबद्ध छ ।’

 

नेपाल प्रहरीका अनुसार पछिल्लो १० महिनामा बैंकिङ कसुरपछि सार्वजनिक हित, स्वास्थ्य-सुरक्षा र सुविधासम्बन्धी कसुरका ६ हजार ८८४, लागूऔषधका ४ हजार ४१, चोरीका २ हजार ९४०, जवरजस्ती करणीका १ हजार ८२८, ठगीका १ हजार ८५०, सवारी ज्यानसम्बन्धी १ हजार ५५७, ज्यान मार्ने उद्योगका ८९४ र बहुविवाहसम्बन्धी ४५४ वटा मुद्दा दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले दिएको विवरण अनुसार कूल ४६ हजार ८८९ मुद्दा दर्ता भएकोमा प्रमुख १० अपराधका मात्रै ७८.५१ प्रतिशत छन् । विवरणलाई विश्लेषण गर्दा औषतमा दैनिक अपराधसम्बन्धी १५६ वटा मुद्दा दर्ता हुने गरेको देखिन्छ ।

 

यस्तै प्रहरी महानिरीक्षक दीपक थापाले कार्यभार सम्हालेपछि प्रहरी कर्मचारीहरुले छोटो अवधिमा जागिर छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आधारभूत तहका प्रहरी कर्मचारीहरुलाई सात वर्ष सेवा अवधिपश्चात् मात्र सहुलियत कर्जा वितरण गरिने व्यवस्थालाई पाँच वर्ष सेवा अवधि पुगेपछि कर्जाका लागि आवेदन दिन सकिने साथै सहुलियत कर्जा रकम चार लाखबाट पाँच लाख पुर्याइएको, घर निर्माण कार्य सहज बनाउन घर निर्माण कर्जा दश लाखबाट बृद्धि गरी बीस लाख दिने व्यवस्था गरिएको, विशेष कल्याणकारी कोषबाट वितरण हुने सहुलियत कर्जा, घर निर्माण कर्जा, शैक्षिक कर्जालगायतका कर्जाको व्याजदर सात प्रतिशतबाट घटाई ६ प्रतिशत कायम गरिएको, मन्त्रिपरिषद्को निर्णयानुसार प्रहरी वरिष्ठ नायब निरीक्षकको तलबमान तथा ग्रेड समायोजन गरी कार्यान्वयनको आदेश प्राप्त भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए ।

 

 

यसैगरी प्रहरी महानिरीक्षक दीपक थापाले पदभार ग्रहण गरेपश्चात् संगठन तथा व्यवस्थापन सर्वेक्षण नेपाल सरकारबाट स्वीकृत हुँदाका बखत सोही बमोजिम हुनेगरी हाललाई विद्यमान जनशक्तिबाटै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अन्तर्गत छुट्टै अनुसन्धान इकाइका रुपमा काम गर्ने गरी ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाई’ गठन गरी प्रभावकारी रुपमा कार्य सम्पादन गर्न प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा’ गठन भई कार्य सम्पादन सुरु भएको, नवनिर्मित नेपाल पुलिस क्लब, भृकुटीमण्डप (दी ब्लु पेभिलियन) को ‘सञ्चालन मापदण्ड-२०८१’ जारी गरी सोही मापदण्ड अनुसार सेवा प्रवाह भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक थापा बताउँछन् ।

 

उता पछिल्लो दश महिनामा ८ हजार २८३ विपद्जन्य घटना घटेको नेपाल प्रहरीको तथ्यांक छ । ती घटनाहरुमा परेर १ हजार ५१८ जना घाइते भएका, कूल ३२ परिवार विस्थापित भए भने ५८९ जनाको शव व्यवस्थापन गरिएको छ । ती विपद्जन्य घटनाहरुमा ५३ हजार प्रहरी जनशक्ति परिचालन गरी खोज, उद्धार, राहत तथा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको भनाई छ । पछिल्लो दश महिनामा दैनिक २७ वटा विपद्का घटना घट्ने गरेको तथ्यांकले देखाउँछ । यसपटक पनि मनसुन प्रवेशको संघारमा रहेकाले विपद् प्रतिकार्यका लागि नेपाल प्रहरीले योजना तर्जुमा गरी आवश्यक तयारी गरिरहेको छ । विपद्जन्य घटनामा छिटो र छरितो खोज, उद्धार र राहतका निम्ति प्रहरी जनशक्ति तयारी हालतमा तैनाथ गरिएको बताइएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...