YouTube Link

उत्कृष्ट पेनाल्टी गोल गर्दै खेम दुराले जिताए मैत्रीपूर्ण फूटबल प्रतियोगिता

Facebook Link

काठमाडौं: नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अवसरमा बक्स अफिस इन्टरनेशनल ग्रुपद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । तीन टोलीको सहभागिता रहेको खेलमा  बक्स अफिस ‘बी’ विजयी भएको छ ।

 

नेपाल प्रहरी तालिम केन्द्र महाराजगञ्जमा सम्पन्न मैत्रीपूर्ण खेलमा बक्स अफिस ‘बी’ ले बक्स अफिस ‘ए’ लाई ७-२ गोल अन्तरले पराजित गरेको हो । जितका लागि शैलेश महतरा, लाक्पा शेर्पा, श्रीजन थापा मगरले गोल गरेका थिए । खेलको अन्त्यतिर उत्कृष्ट खेल पस्कदै गर्दा डिबक्सभित्र सिद्धर्थ क्षेत्रीले खेम दुरालाई खतरनाक फाउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बक्स अफिस ‘बी’ का खेम दुराले उत्कृष्ट गोल गर्दै खेल ७-२ गोल अन्तरले जित सुनिश्चित गरे । बक्स अफिस ‘ए’ का लागि ईश्वर चौलागाई र प्रकाश खड्काले गोल गरेका थिए ।

 

 

त्यसैगरी मैत्रीपूर्ण खेलको पहिलो खेलमा भने बक्स अफिस ‘बी’ अजय एफसीसँग पराजित भएको थियो । सो खेलमा बक्स अफिस ‘बी’ का स्ट्राईकरहरु विजय थापा र भुवन श्रेष्ठको तालमेल नमिल्दा गोल गर्नबाट चुकेका थिए । सोको फाईदा उठाउँदै अजय एफसीले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

 

स्वास्थ्यका लागि खेलकुद र आपसी भाइचारा र स्थायित्व सम्बन्ध मजबुद बनाउनका लागि बक्स अफिस इन्टरनेशनल ग्रुपले हरेक महिनाको एक शनिबार ११ साईड तथा हरेक महिनाको ३ शनिबार ७ ए साईड मैत्रीपूर्ण फुटसल खेलाउँदै आएको अध्यक्ष आरके सुवेदीले जानकारी दिए । अर्को मैत्रीपूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने समेत सुवेदीले जानकारी गराए ।

 

 

BOX OFFICE TEAM (A)

बिजय रिमाल, संकर खड्का, सिधार्थ  क्षेत्री, रोहित तितुङ, अमर  खत्री, विशाल  चौलागाईं, फलित  राई, आर के सुवेदी, इस्वर चौलागाईं, सागर मगर, सुर्य खड्का, प्रकाश खड्का

 

BOX OFFICE TEAM (B)

विजय थापा, भुवन श्रेष्ठ, खेम दुरा, सुबास मुखिया सुनुवार, सुजन लामा, सुक्र तामाङ, रोशन थापा मगर, सुनिल थापा मगर, महेश मुखिया सुनुवार, सृजन थापा मगर, ईनिस एञ्जल राई, सोहन लामा, विप्लव कटुवाल, लाक्पा शेर्पा, शैलेश महतरा

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...