YouTube Link

उपत्यका प्रहरी कार्यालयको ऐतिहासिक कार्यक्रम : ‘लागूऔषधविरुद्धको महाअभियान’

Facebook Link

काठमाडौं: काठमाडौं उपत्यका प्रहरी कार्यालयले पत्रकार, कलाकार, नेपाल स्काउट, स्थानीय निकाय, युवा, विद्यार्थी, गीतकार, संगीतकार, खेलाडी, नागरिक समाजलगायतको सहकार्य र समन्वयमा ‘लागूऔषधविरुद्धको महाअभियान’ शुभारम्भ गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेको छोटै अवधिमा यो महाअभियानको खाका तयार पारेका थिए । आफूले कमाण्ड गरेका कार्यालयमा उदाहरण छाड्ने गरी काम गर्ने काबिल प्रहरी अफिसर भनेर चिनिएका प्रहरी अतिरिक्त महानिरीक्षक तामाङको यो खाकालाई नेपाल प्रहरीको इतिहासमा ऐतिहासिक महाअभियान मान्न सकिन्छ ।

 

‘लागूऔषध विरुद्धको महाअभियान’ को शुभारम्भ गर्दै गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय र त्यसका कमाण्डर प्रहरी अतिरिक्त महानिरीक्षक तामाङलाई धन्यवाद दिए । गृहमन्त्री लेखकले यो महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताए । उनले लागूऔषध समाजका विविध खालका अपराधको जरो भएको भन्दै यसले समग्र परिवार र समाजलाई नै खोक्रो पारेकाले सबै क्षेत्रको सहभागितामा नियन्त्रण गर्नुपर्नेमा जोड दिए । गृह सचिव गोकर्णमणि दुवाडीले प्रमुख सामाजिक समस्याको रुपमा रहेको लागूऔषध नियन्त्रणमा समाजका सबै क्षेत्र सक्रिय बन्न आग्रह गरे ।

 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विश्वव्यापीरुपमा जटिल समस्या बनेको लागूऔषधको उत्पादन, बिक्री-वितरण र ओसार-पसार बेलैमा नियन्त्रण गर्न सबै सचेत बन्नुपर्ने उल्लेख गरे । हरेक अपराधको नियन्त्रक निकाय हुनुको हिसाबले लागूऔषध नियन्त्रणमा नेपाल प्रहरीले निर्मम ढंगले काम गरिरहेको प्रहरी महानिरीक्षकले जानकारी दिए । यसका निम्ति प्रहरी कर्मचारीलाई दक्ष र प्रविधिमैत्री बनाइएको उनले चर्चा गरे ।

 

 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले लागूऔषध दुर्व्यशनको तथ्याङ्क दिनानुदिन बढ्दै गइरहेको वर्तमान अवस्थामा सामाजका हरेक सरोकारवाला पक्षहरुको एउटै संयन्त्रले मात्र लागूऔषधको जालो तोडेर नियन्त्रण गर्न सकिने आवश्यकता महसूस गरी यो महाअभियान सञ्चालन गरिएको उल्लेख गरे । ‘सेफर काठमाडौं भ्याली’ को अवरधारणाअनुरुप महाअभियान थालिएको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजका विभिन्न क्षेत्रसँग समन्वय गरेर लागूऔषधमुक्त समाज निर्माण गर्न नेपाल प्रहरी कृतसंकल्पित रहेको प्रतिबद्धता व्यक्त गरे ।

 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ९६ प्रतिशतभन्दा माथि लागूऔषध दुर्व्यशनी साथी-संगतीका कारण भएको जानकारी दिँदै यसको नियन्त्रणका निम्ति समाजका सरोकारवाला क्षेत्रको प्रतिबद्धता खोजिएको बताए । ‘लागूऔषधविरुद्धको महाअभियान’ शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ, चलचित्र विकास बोर्ड, विभिन्न विद्यार्थी संगठन र सामाजिक संघ-संगठन, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले लागूऔषध नियन्त्रणमा नेपाल प्रहरीसँगै साथमा रहने प्रतिबद्धता जनाएका थिए भने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले ती संघ-संगठनहरुसँग लिखित प्रतिबद्धतासमेत आदान-प्रदान गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...