कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रभावित

वि.सं.२०८१ फागुन १५ बिहीवार १०:३३
864
shares
काठमाडौं: पार्टीको अनुशासन समितिले पार्टीका विभिन्न इकाइले कारबाही सिफारिस भएकाहरूबारे निर्णय नगर्दा नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रभावित भएको छ ।
मुख्यगरी गत निर्वाचन र उपनिर्वाचनमा बागी उठेका र उनीहरूको प्रस्तावक, समर्थक बसेका तथा सहयोग गरेकाहरू विरुद्ध परेको उजुरी अनुशासन समितिले निर्णय नगरिदिँदा क्रियाशील सदस्यता नवीकरण प्रभावित बनेको बताइएको छ । कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाएको छ ।
समितिको तर्फबाट संयोजक थापाले ३ माघमा ७७ वटै जिल्ला समितिका सभापतिलाई परिपत्र गर्दै पार्टी केन्द्रीय समितिको १९ पुसमा बसेको निर्णय अनुसार चैत २९ गते शुक्रबार दिउँसो ३ बजेसम्म क्रियाशील सदस्यता नवीकरण गरी सम्पूर्ण कागजात केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएका थिए । त्यो परिपत्रमा माथिल्लो तहले तल्लो तहलाई फाराम वितरण गर्ने र तल्लो तहले क्रियाशील सदस्यता नवीकरण गरी माथिल्लो तहमा पठाउने समय तालिका पनि तोकिएको छ ।

वि.सं.२०८१ फागुन १५ बिहीवार १०:३३