YouTube Link

नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित

Facebook Link

काठमाडौं: फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । घरेलु टोली नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित भएको हो । नेपालले समग्रमा खेलेको यो १३औं अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा खेल हो ।

 

नेपाल यस अघि साफ महिला च्याम्पियनसिपमा ६, दक्षिण एसियाली खेलकुदमा ३ तथा वाफ, हिरो महिला गोल्डकप र नादेज्दा कपमा समान एकपल्ट उपविजेता बनेको थियो । अर्कोतर्फ नेपालले एकै वर्षमा हार बेहोरेको तेस्रो फाइनल हो ।

 

१५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो । दोस्रो हाफमा दुई मिनेटभित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक पराजित गर्यो । म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे ।

 

 

पहिलो हाफमा नेपालले म्यानमारलाई दबाबमा राख्न सफल भयो । नेपालले गोल गर्ने केहि उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन् । खेलको ३५औं मिनेटमा नेपालले गोल गर्ने मौका चुकायो । साबित्र भण्डारी ‘साम्बा’ले हानेको प्रहारलाई म्यानमारकी गोल किपर मो मो म्याले बचाइन् ।

 

खेलको ४४ औं मिनेटमा नेपालले अर्को मौका गुमायो । रेणुका नगरकोटीले दिएको लामो क्रसमा गोल किपरको रिबाउण्ड बलमा क्लोज रेन्जमा रहेका सावित्रा र रेखाले बल कनेक्ट गर्न सकेनन् । खेलको ५५ औं मिनेटमा विमला विकको क्रसमा साम्बाको हेडर पोष्ट नजिकैबाट बाहिरियो । ६२ औं मिनेटमा हजारौं घरेलु दर्शकलाई स्तब्ध बनाउँदै म्यानमारले अग्रता बनायो ।

 

 

पहिलो गोल खाएसँगै नेपालले ६४औं मिनेटमा म्यानमारले अग्रता दोब्बर बनायो । कप्तान विन थेङ्गी तुनले हानेको प्रहार गोल किपरले बचाउने प्रयास गरेपनि रश्मी कुमारी घिसिङलाई लागेर गोलमा परिणत भयो । दुई गोल खाएपछि ७०औं मिनेटमा गोल किपरसँगको वान भर्सेस वानमा रश्मी कुमारी घिसिङको भली प्रहारलाई किपरले पञ्च गर्दै बचाइन् ।

 

फिफा वरियतामा म्यानमार नेपाल भन्दा ४८ स्थान माथि छ । म्यानमार ५५ र नेपाल १०३ स्थानमा रहेको छ । नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई १-० ले हराएको थियो । म्यानमारसँग २-२ को बराबरी खेलेको थियो । म्यानमारले लिग चरणमा लेबनानलाई ३-१ ले र कीर्गिस्तानलाई ५-० ले हराएको थियो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...