Health Ad
YouTube Link

नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित

Khanepani Dhal
Facebook Link

काठमाडौं: फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । घरेलु टोली नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित भएको हो । नेपालले समग्रमा खेलेको यो १३औं अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा खेल हो ।

 

नेपाल यस अघि साफ महिला च्याम्पियनसिपमा ६, दक्षिण एसियाली खेलकुदमा ३ तथा वाफ, हिरो महिला गोल्डकप र नादेज्दा कपमा समान एकपल्ट उपविजेता बनेको थियो । अर्कोतर्फ नेपालले एकै वर्षमा हार बेहोरेको तेस्रो फाइनल हो ।

 

१५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो । दोस्रो हाफमा दुई मिनेटभित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक पराजित गर्यो । म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे ।

 

 

पहिलो हाफमा नेपालले म्यानमारलाई दबाबमा राख्न सफल भयो । नेपालले गोल गर्ने केहि उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन् । खेलको ३५औं मिनेटमा नेपालले गोल गर्ने मौका चुकायो । साबित्र भण्डारी ‘साम्बा’ले हानेको प्रहारलाई म्यानमारकी गोल किपर मो मो म्याले बचाइन् ।

 

खेलको ४४ औं मिनेटमा नेपालले अर्को मौका गुमायो । रेणुका नगरकोटीले दिएको लामो क्रसमा गोल किपरको रिबाउण्ड बलमा क्लोज रेन्जमा रहेका सावित्रा र रेखाले बल कनेक्ट गर्न सकेनन् । खेलको ५५ औं मिनेटमा विमला विकको क्रसमा साम्बाको हेडर पोष्ट नजिकैबाट बाहिरियो । ६२ औं मिनेटमा हजारौं घरेलु दर्शकलाई स्तब्ध बनाउँदै म्यानमारले अग्रता बनायो ।

 

 

पहिलो गोल खाएसँगै नेपालले ६४औं मिनेटमा म्यानमारले अग्रता दोब्बर बनायो । कप्तान विन थेङ्गी तुनले हानेको प्रहार गोल किपरले बचाउने प्रयास गरेपनि रश्मी कुमारी घिसिङलाई लागेर गोलमा परिणत भयो । दुई गोल खाएपछि ७०औं मिनेटमा गोल किपरसँगको वान भर्सेस वानमा रश्मी कुमारी घिसिङको भली प्रहारलाई किपरले पञ्च गर्दै बचाइन् ।

 

फिफा वरियतामा म्यानमार नेपाल भन्दा ४८ स्थान माथि छ । म्यानमार ५५ र नेपाल १०३ स्थानमा रहेको छ । नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई १-० ले हराएको थियो । म्यानमारसँग २-२ को बराबरी खेलेको थियो । म्यानमारले लिग चरणमा लेबनानलाई ३-१ ले र कीर्गिस्तानलाई ५-० ले हराएको थियो ।

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

वि.सं.२०८१ चैत ७ बिहीवार १०:००

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ...