चैत ५ गते हुने स्ववियु निर्वाचनको तालिका सार्वजनिक
वि.सं.२०८१ फागुन ९ शुक्रवार १७:२४
1.2K
shares
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनको तालिका सार्वजनिक गरेको छ । त्रिविले चैत ५ गते हुने स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो । निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ । २१ गते मतदाता सूची प्रकाशन गरिनेछ । त्यस्तै २७ गते उम्मेदवारी दर्ता गरिने जनाइएको छ ।

वि.सं.२०८१ फागुन ९ शुक्रवार १७:२४




















