YouTube Link

एनएसएलको तेस्रो सिजनमा पहिलोपटक ‘मिनी अक्सन’ हुँदै

Facebook Link

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनमा पहिलोपटक ‘मिनी अक्सन’ हुने भएको छ । एनएसएलले विज्ञप्ति जारी गरी शनिबार मिनी अक्सन हुने बताएको हो । यसलाई खेलकुदमा नयाँ उपलब्धिको रुपमा लिइएको एनएसएलले दाबी गरेको छ ।

 

यससँगै पहिलोपटक खेलाडीको रिटेन र रिलिज नीति लागू हुँदैछ । लिगमा दर्ता भएका ६० मध्ये १५ जना ‘क्याटेगोरी ए’ र ४५ जना ‘क्याटेगोरी बी’का खेलाडीहरू अक्सनमा सहभागी हुनेछन् । अक्सनका लागि सात फ्रेन्चाइज टोलीहरूलाई निश्चित मापदण्ड अनुसार खेलाडी रिटेन गर्ने सुविधा दिइएको छ ।

 

प्रत्येक टोलीले ‘क्याटेगोरी ए’ बाट एक खेलाडी र ‘क्याटेगोरी बी’ बाट दुई खेलाडीसम्म रिटेन गर्न सक्नेछन् । तर ती खेलाडीहरू दोस्रो सिजनमा उनीहरूसँग अनुबन्ध भएको हुनुपर्नेछ । बाँकी खेलाडीहरू अक्सनमार्फत नै समावेश हुनेछन् ।

 

नेपाल सुपर लिगको सञ्चालक निकाय (एनएसईएम)ले अक्सनका लागि दर्ता भएका खेलाडीको नाम फ्रेन्चाइज टोलीहरूलाई दिइसकिएको जनाएको छ । अक्सन चार घन्टाभित्र सकिने र अक्सनको नेतृत्व देवेन्द्र सुवेदीले गर्ने  बताइएको छ ।

 

मिनी अक्सनको सुरुवातसँगै एनएसएलको संरचनालाई अझ बलियो बनाउने तथा खेलाडी र समर्थकहरूका लागि रोचकता थप्ने लक्ष्य राखिएको छ । नयाँ खेलाडी रिटेन प्रणालीले आगामी सिजनमा रणनीति र प्रतिस्पर्धाको बाटो खुल्ने एनएसएलले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...