YouTube Link

नेपाली सेनाको नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेपाली सेनाको नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका हुन् ।

 

साउन २४ बाटै बिदामा बसेपनि प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेमात्रै सकिँदैछ । शर्माको अवकाशसँगै सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी पूर्ण रुपमा सम्हाल्नेछन् । शर्मा बिदामा बसेसँगै सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन् । सिग्देलले आफ्नो व्यावसायिक सैन्य शिक्षा नेपाल र विदेशमा लिएका थिए । उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेनिल डिफेन्स युनिभर्सिटीबाट स्नातक गरेका छन् । यसका साथै उनले नेपालको आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतमा डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन्।

 

त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन् । ३७ वर्षे सैनिक सेवामा सिग्देलसँग स्वदेश तथा विदेशमा विभिन्न युनिटको नेतृत्व गरेको अनुभव छ । उनले काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमान्डेन्टको रूपमा काम गरेका छन् ।

 

त्यस्तै, बाहिनी र पृतनापतिको रूपमा काम गरिसकेका छन् । यसका अतिरिक्त, उनले सैन्य सञ्चालन निर्देशनालयको निर्देशक र कर्मचारी कर्तव्य, नीति र योजना विभागको महानिर्देशकको रूपमा काम गरे । यसबाहेक उनी प्रधानसेनापतिको सैनिक सहायकको पदमा पनि थिए । सिग्देलले २०२२ मा अमेरिका–नेपाल तेस्रो ‘ल्यान्ड फोर्स टक’का लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए । यस्तै कोभिड-१९ महामारीमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० को सचिवको रूपमा काम गरे ।

 

कोभिड-१९ महामारी नियन्त्रणमा अतुलनीय योगदान पुर्‍याएको भन्दै उनलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा शान्ति सेनाको रूपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता देशमा काम गरेको अनुभव उनीसँग छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...