YouTube Link

नेपालमा सूचीकरण हुन आएनन् फेसबुक र एक्स

Khanepani Dhal
Facebook Link

काठमाडौं: फेसबुक र एक्सजस्ता सामाजिक सञ्जालले नेपालमा सूचीकरण र दर्ता हुन आनाकानी गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार सूचीकरण हुन २०८० पुसमा तीन महिनाको समय दिएको थियो ।

 

‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका २०८०’ ल्याएर सरकारले फेसबुक, एक्स, भाइबर, लिङ्क्डइन युट्युब, स्न्यापच्याट लगायत प्लाटफर्मलाई तीन महिनाभित्र सूचीकृत भई अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको थियो । दर्ता भएका कम्पनीले हरेक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्छ । सरकारले एक लाखभन्दा कम प्रयोगकर्ता भएका सामाजिक सञ्जाललाई साना र एक लाखभन्दा बढी प्रयोगकर्ता भएकालाई ठूला सामाजिक सञ्जाल प्लाटफर्ममा वर्गीकरण गरेको छ ।

 

सरकारको निर्देशनलगत्तै भाइबर र लिङ्कडिनले सूचीकरणका लागि पत्र पठाएका थिए । जसअनुसार गतवर्ष फागुनमै भाइबर सूचीकरण भइसकेको छ । लिङ्क्डइनको कागजात नपुगेको र स्न्यापच्याटले तीन महिनाको समय सकिएपछि निवेदन दिएकाले निर्णय भइसकेको छैन । तर, ६ महिना बितिसक्दा पनि फेसबुक तथा एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको कुनै प्रक्रिया अघि नबढाएको र सम्पर्कमै नआएको सञ्चार मन्त्रालय अन्तर्गत रहेको सामाजिक सञ्जाल व्यवस्थापन इकाईले जनाएको छ । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालको दर्ता र सूचीकरण यही इकाईले गर्दछ ।

 

सरकारले प्रतिबन्ध लगाएको टिकटकले भने नेपाल सरकारका सबै सर्त मान्न तयार रहेको जनाएपछि प्रतिबन्ध फुकुवा भइसकेको छ । नेपालमा अहिलेसम्म सबैभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुकले भने पटक-पटक सूचना पठाउँदा पनि सूचीकरण गर्न नमानेको इकाईले जनाएको छ । फेसबुकले ह्वाट्सएप र इन्स्टाग्राम पनि चलाइरहेको छ ।

 

नेपालमा फेसबुक कहिलेदेखि सञ्चालनमा आयो र यसका प्रयोगकर्ता कति छन् भन्ने यकिन तथ्यांक सरकारले उल्लेख गरेको छैन । तर, नेपालमा स्मार्टफोन प्रयोगकर्ता प्रायः सबैले फेसबुक चलाएका छन् । सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीले आफैँ वा आफ्नो प्रतिनिधिमार्फत दर्ता गर्न सक्ने र अनलाइन माध्यमबाट समेत निवेदन दिन सक्ने सुविधा दिएको थियो ।

 

निर्देशिका अनुसार नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लाटफार्म सूचीकरण हुनुपर्ने, एक लाखभन्दा बढी प्रयोगकर्ता रहेका सामाजिक सञ्जाल सञ्चालकलाई नेपालमै कार्यालय स्थापना गर्नुपर्ने र सञ्चालकहरुले नेपालमा सम्पर्क कार्यालय वा सम्पर्क व्यक्ति तोक्निुपर्ने नियम राखिएको छ । सोही निर्देशिकालाई तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराएकी थिइन । त्यसपछि सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० लाई मन्त्री शर्माले संसदमा पेस गर्ने तयारी गरेकी थिइन् तर, संसदमा पेस गर्नै नपाई प्रचण्ड नेतृत्वको सरकार ढल्यो ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:३५

काठमाडौं: आइसिसी यु-१९ महिला विश्वकपमा नेपालले आज घरेलु टोली मलेसियासँग...