YouTube Link

यस्तो रह्यो जलवायु परिवर्तनसँग सम्बन्धित (एनएफपिजे) नेपालको आयोजनामा हिमाल विशेष फोटो प्रदर्शनी (फोटोसहित)

Facebook Link

काठमाडौं: आज १८५औँ विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यो दिवस नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा मनाउन थालिएको हो ।

 

विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आज ललितपुरको पाटन दरबार क्षेत्रमा जलवायु परिवर्तनसँग सम्बन्धित रहेर ‘When Mountain Smiles’ विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गरेका थिए ।

 

 

कार्यक्रममा बोल्दै जिल्ला अधिकारी श्रेष्ठले विश्व फोटोग्राफी दिवसको शुभकामना दिँदै फोटो प्रदर्शनीमा देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटो माध्यमबाट उजागर गर्न खोज्नु भएको छ यो धेरै राम्रो काम भएको बताए ।

 

प्रदर्शनीमा ४० भन्दा बढी  फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसँग सम्बन्धित फोटोहरु प्रदर्शनमा राखिएको फोटो प्रदर्शनी कार्यक्रमका संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए । एनएफपिजे नेपालले गएको वर्षमा पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरू  प्रदर्शनीमा राखिएको थियो ।

 

 

पछिल्लो समय विश्वभर जलवायु परिवर्तनका कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । अध्यक्ष वन्तले जलवायु परिवर्तनको असरका कारण हिमाल र हिमाली क्षेत्र जोखिममा परेको र पर्वतीय क्षेत्रलाई जलवायुको संकटबाट बचाउन समयमा नै सबैले ध्यान दिन जरुरी रहेको बताए ।

 

 

फोटो प्रदर्शनीको अवलोकन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १८५औँ विश्व फोटोग्राफी दिवसको अवसरमा सम्पूर्ण फोटो पत्रकारलाई शुभकामना दिँदै प्रदर्शनीमा राखिएको फोटोले आफूलाई ध्यान केन्द्रीत बनाएको र साह्रै मन परेको प्रतिक्रिया दिए । हालको जल्दोबल्दो जलवायु परिवर्तन विश्वलाई समाचार सम्प्रेषण गर्छ जुन ग्लोबल वार्मिङको कारणले गर्दा हिमालमा हिउँ हुनु पर्ने हो त्यो चाहिँ पग्लेर गईरहेको छ । जसले गर्दा नेपाल लगायत विश्वले नै सिक्नुपर्छ भन्ने बुलन्द यो फोटो प्रदर्शनीले देखाएको मेयर महर्जनले बताए । फोटो प्रदर्शनीमा विभिन्न क्षेत्रका र सर्वसाधरणहरुले जिज्ञासाका साथ प्रदर्शनमा राखिएका फोटोहरुको अवलोकन गरेका थिए ।

तस्बीरमा प्रदर्शनीको अवलोकनकर्ताहरुः (फोटोः सुबास थापा/अञ्जन पुडासैनी)

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...