YouTube Link

उमाकुण्ड गाउँपालिकाको १५ वटा खानेपानी धारामा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटियो

Facebook Link

रामेछाप: रामेछापको उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको खानेपानी धारामा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयले प्रयोग गरिरहेको १५ वटा धाराको खानेपानीको नमुना परीक्षण गर्दा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 

अहिले नेपालको विभिन्न स्थानमा खानेपानी फोहोर भएकै कारण हैजाको प्रकोप फैलिएपछि उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलदेखि वडा नं ७ भुजी सम्मका स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयका गरी १५ वटा धाराको खानेपानी उपत्यका खानेपानी लिमिटेड पानी/ढल गुणस्तर महाशाखा, महाँकालचौर काठमाडौँमा नमुना परीक्षण गर्दा सबै धाराको पानीमा दिसामा हुने जीवाणु ‘कोलिफर्म तथा ई कोली भेटिएको स्वास्थ्य शाखाले जनाएको छ ।

 

खानेपानीमा दिसामा हुने जीवाणु भेटिएकाले उमाकुण्ड गाउँपालिकामा पनि हैजा फैलन सक्ने सम्भावना रहेको भन्दै पानी पिउँदा उमालेर मात्रै पिउन स्वास्थ्य शाखाले गाउँपालिका वासीलाई आग्रह गरेको छ । स्वास्थ्य शाखाले यसबारेमा आवश्यक प्रचार प्रसार गरी पिउने पानी स्वच्छतामा विशेष जोड दिन गाउँपालिकाभित्रका विद्यालयहरूलाई पनि आग्रह गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...