YouTube Link

जीबी राईसहित सहकारी ठगीमा संलग्न १८ जनालाई स्वदेश फर्काउन छानबिन समितिको निर्देशन

Facebook Link

काठमाडौं: सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

 

सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगाएतसंग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरुलाई नेपाल ल्याउन निर्देशन दिएको हो । देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको र उनीहरुलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

 

बचतकर्ताको अर्बौँ हिनामिना गरेर भागेकाहरूमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका जीबी राई मलेसियामा लुकेको निष्कर्ष सरकारले निकालेको छ । त्यसैगरी सूर्यदर्शन बचत तथा सहकारी संस्था लिमिटेडका सञ्चालक ज्ञानबहादुर बम्जन अमेरिका भासिएकाले फिर्ता ल्याएर बयान गराउनु आवश्यक रहेको संसदीय छानबिन समितिले जनाएको छ । त्यस्तै सुमेरू बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भरत महर्जन, श्रीमती राजमाया महर्जन, छोरा सचिन र छोरी सरलासहित सपरिवार बेलायतमा लुकेको पाइएको छ । सहकारी ठगीमा संलग्न भनिएका अन्य ८ जना पनि विदेशमै भएपनि कुन देशमा लुकेका छन् भन्ने पत्ता नलागेको संसदीय छानबिन विशेष समितिका संयोजक थापाले बताए ।

 

को कुन देशमा

१) जीबी राई (स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.) – मलेसिया

२) भरत महर्जन (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत

३) राजमाया महर्जन श्रीमती (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत

४) सचिन महर्जन (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत

५) छोरा, सरला महर्जन छोरी (सुमेरु बचत तथा ऋण सहकारी संस्था लि.) – बेलायत

६) ज्ञानबहादुर बम्जन (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अमेरिका

७) थानबहादुर बुढामगर (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात

८) भूपेन्द्र राई (सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात

९) तेजबहादुर बम्जन तामाङ (शिवदर्शन बचत तथा ऋण सहकारी संस्था लि.) -भारत/युरोप

१०) देवकुमार नेपाली (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत

११) छेदा नेपाली (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत

१२) तस्बिरन खातुन (सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात

१३) असरफ अली (सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.)  – अज्ञात

१४) सुभास केसी (सहारा बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात

१५) दीपक पौडेल (इमेज बचत तथा ऋण सहकारी संस्था लि.) – भारत

१६) लीलानाथ गौतम (शिवशिखर बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात

१७) महाशंकर रेग्मी (मेघा ड्रिम बचत तथा ऋण सहकारी संस्था लि.) – अज्ञात

१८) प्रेमध्वज लामा (कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि.) – अज्ञात

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...