स्कुल बस दुर्घटनामा परी १ जनाको मृत्यु, २६ जना घाइते
वि.सं.२०८१ साउन १४ सोमवार ११:१०
897
sharesपोखरा: पोखरामा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।मृत्यु हुनेमा बिरौटास्थित एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कुलकी कार्यालय सहयोग ३३ वर्षीया आरती विक रहेको कास्की प्रहरीले जनाएको छ ।
दुर्घटना सोमबार बिहान ८:५५ बजेतिर पोखरा महानगरपालिका-२१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नम्बरको स्कुल बस दुर्घटना भएको हो । उक्त बस सडकबाट ५० मिटर तल खसेको थियो । घाइते विद्यार्थीहरूलाई पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८१ साउन १४ सोमवार ११:१०