YouTube Link

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै, यसरी पुर्याईदैछ दुई तिहाई बहुमत

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । उनको पक्षमा ७ वटा दल र ३ स्वतन्त्र सांसद गरेर १९३ सांसदले मतदान गर्ने सम्भावना रहेको छ । ओलीको पक्षमा नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७६ संसद्ले मतदान गर्दै छन् ।

 

एमालेका २ सांसदले मतदान गर्ने छैनन् । पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी परेकाले उपस्थित हुने छैनन् । यस्तै, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएका छन् । त्यसकारण एमालेका ७६ सांसदले मात्रै मतदान गर्दैछन् । यस्तै, ओलीलाई डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ६ सांसदले ओलीलाई विश्वासको मत दिने छन् ।

 

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ७ सांसदले पनि ओलीलाई मत दिने छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, नागरिक उन्मुक्ति पार्टीका ४ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले ओलीलाई विश्वासको मत दिनेछन् । यीमध्ये नागरिक उन्मुक्ति, जनमत र जसपा नेपाल संघीय सरकारमा छैनन् । यस्तै, आज जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि ओलीलाई मत दिँदैछन् । स्वतन्त्र संसदहरू योगेन्द्र मण्डल र डा. अमरेशकुमार सिंहले पनि ओलीको पक्षमा मतदान गर्ने बताइएको छ । अमरेशले ओलीलाई विश्वासको मत दिने बताएका छन् ।

प्रधानमन्त्रीको विपक्षमा जम्मा ७९ सांसद उभिन सक्नेछन् । विपक्षमा नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेकपा एकीकृत समाजवादीका १० सांसदले मतदान गर्ने छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि ओलीको विपक्षमा मतदान गर्न सक्नेछन् । तर चित्रबहादुर निर्णयमा पुगिसकेका छैनन् । तर ओलीको सचिवालयले चित्रबहादुरले पक्षमा मतदान गर्ने दाबी गरेको छ ।

 

शुक्रबार माओवादी रास्वपा र एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेर विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । राप्रपाले पनि शनिबार विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यद्यपि राप्रपाले आफ्ना एजेन्डामा सुनुवाइ भए सरकारलाई समर्थन गर्न सक्ने अध्यक्ष राजेन्द्र लिङ्देन बताउँछन् । ओलीलाई दुईतिहाइ बहुमत पुर्‍याउन १८४ मत आवश्यक छ । ओलीले राप्रपासहित २०७ जना सांसदको हिसाब गरेका थिए । तर राप्रपाले तत्काल ओलीलाई नसघाउने निर्णय गरिसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...