१०६ वर्ष पुरानो दमकल सञ्चालनमा
वि.सं.२०८१ साउन ६ आइतवार १३:१५
666
sharesललितपुर: ललितपुर महानगरपालिकाले १०६ पुरानो दमकल सञ्चालनमा ल्याएको छ । १०६ वर्षदेखि निष्क्रिय रहेको दमकल मर्मत गरी पुनः प्रयोगमा ल्याइएको हो । ललितपुरले प्रयोगमा ल्याएको दमकलले आइतबार काठमाडौं उपत्यकाका तीनवाटै जिल्ला परिक्रमा गरेको छ ।
ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाछेथुले पुरानो दमकल पुनः प्रयोगमा आएकोमा हर्ष व्यक्त गरेका छन् । बेलायतकी महारानीले नेपाललाई उपहार दिएको १०६ वर्ष पुरानो दमकललाई मर्मत गरेर ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको हो । त्यसबेला बेलायती महारानीले २०१८–१९ सालमा काठमाडौं, भक्तपुर र ललितपुरलाई एक–एक दमकल उपहार दिएकी थिइन् ।
वि.सं.२०८१ साउन ६ आइतवार १३:१५