भिजिट भिसामा विभिन्न मुलुक जान लागेका ८४ जनालाई रोक्यो अध्यागमनले, अधिकांश दुबई जाँदै
वि.सं.२०८० माघ ९ मंगलवार १३:३२
1.6K
shares
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसामा विभिन्न मुलुक जान लागेका ८४ जनालाई फिर्ता गरेको छ । यात्रा शंकास्पद लागेपछि अध्यागमनका अधिकारीहरूले उनीहरूलाई प्रस्थान अनुमति नदिएको हो ।
फिर्ता हुनेमा अधिकांश दुबई जाने लागेकाहरू छन् । भिजिट भिसामा दुबई, श्रीलंका, बहराइनलगायत मुलुक जान लागेका उनीहरू अधिकांश गन्तव्य मुलुक पुगेपछि काम गर्ने तयारीमा थिए । त्यसरी जान खोज्नेहरू यसअघि कुनैपनि मुलुकको भ्रमण गरेका थिएनन् । भिजिट भिसामा प्रस्थान हुन आएका उनीहरूले भ्रमणको उद्देश्य स्पष्ट पार्न र आवश्यक कागजातहरू पेश गर्न समेत नसकेपछि प्रस्थान अनुमति नदिएको अध्यागमनले बताएको छ ।
अध्यागमनबाट फिर्ता हुनेमा मोरङका सुवास राजबंशी, डोटीका दिपकराज ओझा, सल्यानका विजन रोका, उदयपुरका सुदिप पौडेल, स्याङ्जाका विक्रम बिक र अनिष खत्री, कास्कीका नविन डांगी, संखुवासभाका विजय श्रेष्ठ, बर्दियाका सुमन बिक र चितवनका प्रकाश महतो रहेका छन् । यसैगरी दिलकुमार बाइबा, गंगाराम लिम्बू, सन्देश भुसाल, कविन गिरी, सुरजप्रसाद भुर्तेल, हिमबहादुर भण्डारी, सुजनबहादुर बस्नेत, कुमार विर्कत्ता मगर, सुदिप पौडेललगायत ८४ जनालाई अध्यागमनले भ्रमण शंकास्पद भन्दै फिर्ता गरेको हो । पछिल्लो समयमा भिजिट भिसामा विभिन्न मुलुक जाने यात्रुहरूमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले कडाइ गर्दै आएको छ ।
वि.सं.२०८० माघ ९ मंगलवार १३:३२




















