YouTube Link

पोखरामा आजदेखि आहा रारा गोल्डकपको २३औँ संस्करण हुँदै

‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने नाराका साथ सुरु भएको आहा रारा गोल्डकप देशकै पुरानो मध्यको एक प्रतियोगिता हो

Facebook Link

 

पर्वत: २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदैछ । सहारा क्लब पोखराको आयोजनामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लीगका टिम, विदेशी टिम, मोफसलका टिमसहित आयोजक सहारा क्लबकै टिमले पनि प्रतिस्पर्धा गर्दैछन् ।

 

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने नाराका साथ २०८० सालको संस्करण पोखरा रङ्गशालामा माघ २० गतेसम्म सञ्चालन हुनेछ । क्लबले सार्वजनिक गरेको ‘म्याच टाई सिट’ अनुसार हरेक दिनका खेलहरू दिउसो दुई बजेबाट सुरु हुनेछन् भने ‘फाइनल’ खेल भने माघ २० गते दिउसो एक बजे खेलाइने छ ।

 

कुल १२ ‘टिम’ को सहभागिता रहेको यस संस्करणको पहिलो दिन आज आयोजक सहारा क्लब पोखरा र थ्री स्टार क्लब भिड्दैछन् । यसबाट विजेता बनेको टोलीले माघ १३ गते पारो फुटबल क्लब भुटानसँग भिड्ने छ । माघ १० मा राइजिङ स्टार फुटबल क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबिच खेल हुने छ । यी दुईबिचको विजेताले माघ १४ गते सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

 

माघ ११ मा मच्छिन्द्र क्लब र जाउलाखेल यूथ क्लबीच प्रतिस्पर्धा हुने छ । यसबाट विजेता बनेको समूहले माघ १५ मा मनाङ मर्स्याङ्दी क्लबसँग भिड्नुपर्ने छ । माघ १२ मा विभागीय नेपाल प्रहरीको नेपाल पुलिस क्लब र अर्को विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ । यो खेलबाट विजेता बन्ने टोलीले माघ १६ मा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग भिड्नुपर्नेछ ।

 

भुटानको पारो फुटबल क्लब, आयोजक सहारा क्लब पोखरा र थ्री स्टार फुटबल क्लबमध्येको एक टोलीले मच्छिन्द्र क्लब, जाउलाखेल यूथ फुटबल क्लब र मनाङ मर्स्याङ्दी टोलीमध्येबाट आएको एक टोलीसँग माघ १७ गते सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने छ । यस्तै अर्को समूहमा सङ्कटा क्लब, राइजिङ स्टार फुटबल क्लबमध्येको एक टोलीले नेपाल पुलिस क्लब, एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबमध्येबाट आएको एक टोलीसँग माघ १८ मा प्रतिस्पर्धा गर्नेछन् ।

 

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार रुपैयाँ र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी टोलीले हरेक खेलमा प्रोत्साहन रकम पाउने आयोजक सहारा क्लबले जनाएको छ । प्रि-क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसरी सबै पुरस्कारका लागि २८ लाख ३२ हजार पाँच सय ५५ रुपैयाँ खर्च हुने बताईएको छ ।

 

हिमश्री फूड्स प्रा.लि.को मुख्य प्रायोजन तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा सञ्चालन हुने गोल्ड कपमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, सहारा यु.के, सहारा हङकङ, सहारा अस्ट्रेलियाले विशेष सहयोग गर्दै आएका छन् । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने मन्त्रका साथ विसं २०५५ मा स्थापित सहारा क्लबले आयोजन गर्ने प्रतियोगिता पोखराकै पर्यायवाचीको रूपमा लिने गरिन्छ । आहा रारा गोल्डकप देशकै पुरानो मध्यको एक प्रतियोगिता हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...