YouTube Link

एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेशिए, जसमा पुरुष ३६ हजार ६६३ र महिला ३४ हजार २५१ (सूचीसहित)

Facebook Link

काठमाडौं: अध्यागमन विभागले एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेशिएको जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएको उल्लेख छ ।

जसमध्ये सबैभन्दा बढी दुई लाख ७१ हजार ८८ जना संयुक्त अरब एमिरेट्स (यूएई) गएका छन् । यसैगरी भारत जानेको संख्या एक लाख ८० हजार ६०२ छ भने एक लाख ७९ हजार ४४१ जना कतार पुगेका छन् । यस्तै, मलेसिया एक लाख ६५ हजार २०१, साउदी अरेबिया एक लाख ३६ हजार २०३ तथा अष्ट्रेलिया एक लाख ५ हजार ३४३ रहेका छन् ।

विभागका अनुसार सन् २०२३ मा स्थायी बसोबास गर्ने उद्देश्यले ७० हजार ९१५ नेपाली विदेश गएका छन् । जसमा पुरुष ३६ हजार ६६३ र महिला ३४ हजार २५१ छन् । विभागको तथ्याङ्कअनुसार युद्धग्रस्त देश रुस जाने नेपालीको संख्या एक हजार ७९५ रहेको छ भने ९५ जना युक्रेन पुगेका छन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट जानेहरूको मात्र हो ।

अहिले विशेष गरेर रुस–युक्रेन युद्धका कारण ती देशहरू बढी जोखिमयुक्त गन्तव्य मानिएको छ । रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा भर्ना भएका १० नेपाली मारिएका छन् भने युक्रेनले ४ नेपालीलाई बन्धक बनाएको छ ।

सूची सहितः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...