YouTube Link

नेपाली राष्ट्रिय क्रिकेट टोली एसियन गेम्स खेल्न चीन प्रस्थान

Facebook Link

 

काठमाडौं: चीनको हाङझाउमा जारी १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । चीन जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आज बिदाई गरेको हो ।

 

गत साता चोटका कारण शल्यक्रिया गरेपछि स्पिनर ललित नारायण राजवंशीले भने एसियाड गुमाएका छन् । अभ्यासका क्रममा त्रिवि क्रिकेट मैदानमा घाइते भएका ललितको स्थान सागर ढकालले लिएका छन् ।

 

अर्का स्पिनर सन्दीप लामिछाने भने टोलीसँगै चीन गएका छैनन् । बलात्कार अभियोगमा आफुविरुद्धको  पेसी परेसँगै उनी आजको टोली बाहिर थिए । एसियाडमा नेपाल मंगोलिया र मालदिभ्स रहेको समुह ‘ए’ मा रहेको छ । एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दैछ । खेल जेझियाङ क्रिकेट फिल्डमा हुनेछ ।

 

समुह चरणको अन्तिम खेलमा आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ । क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेष्ट टोलीसँग खेल्नेछ । क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै स्थान बनाएका छन् । एसियाडमा क्रिकेटका खेलहरु १० गतेदेखि २१ गतेसम्म चल्नेछ ।

 

नेपाली क्रिकेट टोली:

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा, सन्दीप लामिछाने ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...