आज दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठक बस्दै
वि.सं.२०८० असार २५ सोमवार ०८:५१
1.9K
shares
काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि बस्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई लिएर एमाले लगायत राप्रपा र रास्वपाले गत बुधबारदेखि संसद् अवरोध गर्दै आइरहेको छ ।
आइतबार संसद्को अवरोध खुलाउनेबारे तीन दलबीच छलफल भएको थियो । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसद्मा प्रष्टीकरण दिने सहमति बनेको थियो ।
तर सहमतिको एक घण्टा पनि टिक्न सकेन । आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग गरेका थिए ।
तीन नेताबीचको सहमति अनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए । पछि सो बैठक पनि आजलाई सारिएको थियो ।
वि.सं.२०८० असार २५ सोमवार ०८:५१



















