YouTube Link

राष्ट्रपति निर्वाचन नजिकिदै जाँदा को-को छन् चर्चामा ?

Facebook Link

 

काठमाडौं: मुलुकको राष्ट्रपति बन्न फागुन १३ गते शनिबार मनोनयन दर्ता हुँदैछ । तर, कुन दलले राष्ट्रपति पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै छैन ।

 

राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुँदैछ । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन् । अर्थात्, दलीय समीकरण अनुसार राष्ट्रपतिमा को जित्ने/को हार्ने भन्ने पहिल्यै अनुमान गर्न सकिन्छ । त्यसैकारण पनि दलहरू आआफ्ना पक्षमा बहुमत जुटाउन प्रयत्नरत छन् ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावि राष्ट्रपतिबारे दर्जनौं पटक छलफल र भेटवार्ता भइसकेका छन् । प्रधानमन्त्री दाहाल राष्ट्रपति राष्ट्रिय सहमतिबाट चुनिनु पर्ने पक्षमा छन्, भने ओली पुस १० को सहमति अनुसार एमालेकै भागबाट राष्ट्रपति निर्वाचित गर्नुपर्ने अडानमा छन् ।

 

एमाले नेताहरूका अनुसार, पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेबाट राष्ट्रपति बनाउने ‘भद्र’ सहमति भएको थियो । तर, पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएपछि राजनीतिले नयाँ मोड लिएको थियो । कांग्रेसले विश्वास मत दिएपछि प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका नेताहरूका बोली फेरिन थालेका हुन् ।

 

सभामुख लिइसकेको एमालेको भागमा राष्ट्रपति पनि परे एमालेले ‘सत्ता कब्जा’ डर र त्रास माओवादीलाई छ । कांग्रेसका नेताहरूले विगतमा नेकपा हुँदाको अवस्थालाई फर्केर हेर्न माओवादी नेताहरूलाई स्मरण गराइरहेका छन् ।

 

माओवादी केन्द्रले साझा उम्मेदवारको विषयलाई सार्वजनिक रूपमा नै बहसमा नै ल्याएको छ । तर, यो विषयमा एमाले मौन नै देखिएको छ । कुनै विषयमा तत्काल प्रतिक्रिया दिइहाल्ने एमालेका अध्यक्ष ओली राष्ट्रपतिको विषयमा कम नै बोलिरहेका छन् । ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने मात्रै बताइरहेका छन् ।

 

माओवादी राष्ट्रपतिको सर्वस्वीकार्यको खोजीमा छ । सकेसम्म माओवादी केन्द्रको रणनीति भनेको एमाले र कांग्रेस दुवैलाई समान दूरी राख्ने देखिएको छ । पछिल्लो समयमा प्रचण्ड र ओलीको भेटवार्ता बाक्लिएका छन् । कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेता पनि उतिकै गृहकार्यमा छन् ।

 

हाल प्रतिनिधिसभामा २७४ सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद् पद खारेज भएकाले एक पद रिक्त छ । राष्ट्रियसभामा ५९ जना सदस्य छन् । संघीय संसद्को ३३४ मध्ये ३३३ कायम छन् । संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ ।

 

संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३८६ हो । प्रदेशसभामा ५५० छ । जसको मतभार २६ हजार ४ सय हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७७६ छ । जसको बहुमत २६ हजार ३८९ हुन्छ । राष्ट्रपति निर्वाचित हुन पाँच प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।

 

अन्तर्राष्ट्रिय चासो

पछिल्ला समयमा राष्ट्रपति निर्वाचनमा भारत, चीन, अमेरिकादेखि युरोपियन युनियनको चासो देखिएका छन् । उनीहरूको नेपाल आगमन बढेको छ ।

 

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाल आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । धेरैले क्वात्रा राष्ट्रपति निर्वाचनका लागि भारतीय संस्थापन पक्षको सन्देश लिएर आएको विश्लेषण गरेका छन् । क्वात्राले सबै दलका शीर्ष नेतालाई भेटेका छन् ।

 

बेलायतका रक्षामन्त्री डा. एन्ड्रुयु मोरिसन, युरोपियन युनियनकी कमिसनर जुट्टा उर्पिलइनेन पनि यहीबीचमा नेपाल आए । चिनियाँ राजदूतको सक्रिय बढेको छ । शक्ति राष्ट्र पनि आफू अनुकूलको राष्ट्रपति बनाउन दौडधुप गरिरहेको यसले देखाउँछ ।

 

कोको छन् चर्चामा ?

राष्ट्रपतिका लागि एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीदेखि डोरमणि पौडेल, विष्णु रिमाल, गोमा देवकोटासम्मको नाम चर्चामा छ । पोखरेल दुई-दुई पटक एमालेका महासचिव पनि भइसकेका छन् । यो पटक भने उनी काठमाडौं ५ बाट कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भएका थिए ।

 

नेम्बाङको नाम निर्वाचन यता नै राष्ट्रपतिका लागि चर्चामा छ । उनी इलाम २ वटा निर्वाचित सांसद हुन् । उनी संविधानसभाका अध्यक्ष र सभामुख भइसकेका व्यक्ति हुन् । शाक्य बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री हुन् । यो पटक शाक्य कहीँबाट चुनाव लडिनन् । यस्तै एमाले अध्यक्ष ज्ञवालीको नाम पनि चर्चामा छ ।

 

शाक्य र ज्ञवाली लामो समयसम्म माधव नेपाल समूह थिए । तर, पार्टी विभाजनका बेला उनीहरू ओलीसँगै बसे । पौडेल पनि बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री हुन् । एमालेका उपमहासचिव रिमाल ओलीका सबैभन्दा विश्वास पात्र हुन् । निर्वाचनमा कतै उम्मेदवार नबनेर रिमालले पार्टीको डिजिटल प्रचार अभियानलाई नमुना नै बनाएका थिए । एमालेले कसलाई बनाउने भन्ने बताएको छैन ।

 

त्यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मा लगायतको नाम चर्चामा छन् । राष्ट्रपतिको अभिलासामा नै पौडेल देउवानजिक भएका हुन् । अघिल्लो पाँचदलीय गठबन्धनको नेतृत्व गरेको हिसाबले उनको दाबीलाई त्यही बेलादेखि स्वभाविक रूपमा हेरिँदै आएको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...