YouTube Link

माओवादी पदाधिकारी बैठक बस्दै, राष्ट्रपति बारे छलफल हुने

Facebook Link

काठमाडौं: नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज अपरान्ह ४ बजे पार्टी मुख्यालयमा बस्ने भएको छ । बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने बताइएको छ ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएको छ । सरकार गठनताका भने गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका थिए ।

राष्ट्रपतिबारे प्रचण्डले भाका फेर्न थालेपछि एमाले सशंकित छ । यही विषयलाई लिएर गठबन्धनको भविष्यसमेत संकटमा परेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ‘दाउ’ थापेको कांग्रेसले पनि राष्ट्रिय सहमतिमा जोड दिँदै राष्ट्रपतिमा तीब्र चासो देखाइरहेको छ । कांग्रेस नेतृत्वमा चुनावी गठबन्धन बनेकाले त्यही गठबन्धनको बलमा माओवादीले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

हिजोमात्र राष्ट्रपतिमा सहयोग माग्दै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौलालगायतका कांग्रेसका शीर्ष नेता बालुवाटार पुगेका थिए ।

फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ । यही मेसोमा बोलाइएको माओवादी पदाधिकारी बैठकलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...