ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले लिए शपथ
वि.सं.२०७९ पुस ६ बुधवार १५:४३
1.8K
shares
काठमाडौं: राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।
राणाले शपथ लिएसँगै उनले प्रतिनिधिसभाका अन्य सदस्यहरूलाई बिहीबार शपथ गराउने कार्यक्रम रहेको छ ।
वि.सं.२०७९ पुस ६ बुधवार १५:४३



















