YouTube Link

रामेछापमा गठबन्धनका पक्षमा माहोल बन्दै, कान्छाराम ३० हजार भोटले अगाडि

Facebook Link

 

काठमाडौं: रामेछाप जिल्लामा गठबन्धनका साझा उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) एमालेका उम्मेदवार भन्दा धेरै अगाडि छन् ।

 

एक लाख ८४ हजार मतदाता रहेको रामेछापमा गत स्थानीय तहमा दलहरूले ल्याएको भोटलाई आधार मान्ने हो भने तामाङ एमालेका उम्मेदवार भन्दा ३० हजार भोटले अगाडि छन् ।

 

तामाङसँग एमालेका उम्मेदवार कैलाश ढुङ्गेल प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबहादुर घिसिङ तथा नेपाल मजदुर किसान पार्टीबाट हरिकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन् । तर प्रमुख प्रतिस्पर्धा तामाङ र ढुंगेलबीचमै हुनेछ ।

 

गत स्थानीय तहमा वडा अध्यक्षमा पार्टीहरूले ल्याएको भोट हेर्दा रामेछापमा नेपाली कांग्रेसको भोट ४१ हजार ५१ छ । नेकपा (एमाले) को ३९ हजार ३३ छ । यसैगरी माओवादी २७ हजार ३९, तथा नेकपा (एस) १ हजार ५७० तथा राप्रपाको ९३५ भोट छ ।

 

प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारवीचमा प्रतिस्पर्धा छ, तर प्रदेश सभाको एक क्षेत्रमा भने माओवादी र नेकपा (एस)का उम्मेदवारहरू आपसमा भिड्दै छन् ।

 

रामेछापमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेपाली कांग्रेस र प्रदेश सभाका दुबै क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । तर केन्द्र र प्रदेश दुबैमा एउटा पनि सिट नपाए पछि नेकपा (एस)ले केन्द्र र प्रदेश गरी तीन वटै सिटमा छुट्टै उम्मेदवारी दिएको छ ।

 

केन्द्रमा दिएको उम्मेदवारीलाई नेकपा (एस) ले निष्क्रिय पारेको छ भने प्रदेश सभाको हकमा भने रामेछाप (क)मा दिएको उम्मेदवारीलाई भने एसका नेताहरूले अझै सक्रिय बनाएका छन् । रामेछाप (क)मा जसरी पनि जित्ने गरी एसका नेताहरूले प्रचार सुरु गरेका छन् । यस क्षेत्रमा अहिले माओवादी र एसका उम्मेदवारबीचमै प्रतिस्पर्धा छ ।

 

प्रदेश सभा तर्फ रामेछाप (क)मा माओवादीबाट तारानारायण श्रेष्ठ, एमालेबाट शान्तिप्रसाद श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिक्मत सुनुवारले उम्मेदवारी दिएका छन् । यसैगरी रामेछाप (ख)बाट एमालेका मिलनकुमार घिसिङ, माओवादीका युवराज चौलागाई तथा एसका झम्कबहादुर कँडेलले उम्मेदवारी दिएका छन् । कँडेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

 

प्रदेश सभा (क)मा मुख्य प्रतिस्पर्धा एमाले, माओवादी र एसवीच हुने भएको छ भने (ख )मा माओवादी र एमालेवीच प्रतिस्पर्धा हुने भएको छ । रामेछापमा प्रतिनिधि सभामा ५ जना स्वतन्त्र छन् । तर मतदाताहरूमा चर्चा र चासो भने प्रमुख दलका उम्मेदवारहरूकै छ । यसैगरी प्रदेश सभामा पनि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूको चर्चा र नाम छैन ।

 

प्रमुख दलका उम्मेदवारहरू अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । केही उम्मेदवारहरू साना साना कार्यक्रम गरी जनतालाई आकर्षित गर्ने गरेका छन् तर रामेछापमा स्वतन्त्र उम्मेदवारहरू भने काहीँ भेटिन्नन् । रामेछापमा प्रतिनिधि सभा तर्फ विक्रम लामा, चन्द्रबहादुर राउत, आङछेम्वो शेर्पा, कृष्णबहादुर भुजेल, रामकुमार लामाले उम्मेदवारी दिएका छन् । यी उम्मेदवारको चर्चा हुने गरेको छैन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...