टि-२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्दै
वि.सं.२०७९ कात्तिक २४ बिहीवार ०७:४७
3.2K
shares
एजेन्सी: आइसिसी टि-२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा आज भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।
उपाधिका प्रमुख यी दुई मध्य एक टोली फाइनलमा पाकिस्तानसँग भिड्नेछन् । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
भारत सुपर १२ को समूह बी को विजेता टोली हो । इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । भारतले पाकिस्तानलाई चार विकेट, नेदरल्यान्ड्सलाई ५६ रन, बंगलादेशलाई पाँच रन र जिम्बावेलाई ७१ रनले हराएको थियो । दक्षिण अफ्रिकासँग भने भारत पाँच विकेटले पराजित भएको थियो ।
इंग्ल्यान्डले अफगानिस्तानलाई पाँच विकेट, न्युजिल्यान्डलाई २० रन र श्रीलंकालाई ४ विकेटले हराएको थियो । अफगानिस्तानसँग बर्षाको कारण अंक बाड्दा आयरल्यान्डसँग पाँच रनले स्तब्ध भएको थियो ।
भारत २००७ को च्याम्पियन टोली हो । भारत २०१४ को फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित हुन पुगेको थियो । भारत ८ वर्षपछि फाइनल खेल्ने सोचमा हुनेछ ।
इंग्ल्यान्ड २०१० को च्याम्पियन टोली हो । २०१६ को फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो ।
हेड टु हेड:
इंग्ल्यान्ड र भारतबीच टि-२० आईमा २२ खेल भएका छन् । जसमा इंग्ल्यान्ड १० र भारत १२ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भारत चार खेलमा विजयी भएको छ ।
वि.सं.२०७९ कात्तिक २४ बिहीवार ०७:४७




















