रविन्द्र मिश्र भोली राप्रपामा जाँदै
वि.सं.२०७९ असोज ११ मंगलवार ११:४२
काठमाडौ: विवेशशील साझा पार्टी छाडेको रविन्द्र मिश्र भोली राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा प्रवेश गर्ने भएका छन् ।
राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहबीच बुधबार काठमाडौंमा एकता घोषणा समारोह हुने प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार घोषणा सभा राष्ट्रिय सभागृहमा भोलि दिउँसो १२ः३० बजे हुनेछ ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि अध्यक्षबाट राजीनामा दिएका मिश्रले सोमबार पार्टी परित्याग गरेको घोषणा गरेका थिए । यसबीचमा राप्रपा नेपालले उनलाई बरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा लैजान लागिएको बताईएको छ ।
वि.सं.२०७९ असोज ११ मंगलवार ११:४२