पितृ उतार्ने भन्दै अक्षताले हान्दा बृद्धाको मृत्यु

NCC Bank Ads

 

रामेछाप: पितृ उतार्ने भन्दै रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. ३ सित्खामा एक बृद्धालाई अक्षता (चामल) ले हान्दा मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा सित्खाकी ५० बर्षकी बिबा माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घट्नामा मृतक माझीकी ७० बर्षकी आमा सुनमाया माझी गम्भीर घाइते भएका छन्  । उनको अहिले मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

 

स्थानीय माझी समुदायका ११ जना भन्दा बढी किसोर किसोरीले पितृ उतार्नका लागि काम्दै  बृद्धाहरुलाई ७ बोरा भन्दा बढी चामलको अक्षताले मुख तथा शरीरमा हानेको स्थानीयहरुले बताएका छन् ।

 

बृद्धा आमाछोरी मात्र बसेको घरभित्र पसेर आइतबार उनीहरुले पितृ उतार्ने भन्दै चामलले निर्घात रुपमा मुख र शरीरमा हानेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिनले बताए ।

 

घरभित्र किशोर किशोरीहरुले अक्षताले बृद्धाहरुलाई हानिरहँदा बाहिर गाउँका ३० भन्दा बढी माझी समुदायका मानिसहरु हेरिरहेका थिए । घट्नामा संलग्न भएको आशंकामा प्रहरीले २३ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

 

सोह्रश्रादमा माझी समुदायले हरेक बर्ष पितृकार्यका रुपमा श्राद गर्ने चलन रहेको छ । यस बर्ष पनि असोज ६ गते देखि ८ गते सम्म पितृ कार्य सकेर पितृलाई विदा गरेर घरघरमा गएका माझी समुदायका केही किशोर किशोरीहरु सोही दिन मध्य राति पितृ उतार्ने भन्दै मृतक बिबाको घरमा प्रवेश गरेको उनका छोरा प्रेम माझीले बताए । उक्त दिन राति काम्दै फर्केका युवाहरु भोलीपल्ट विहान १० बजेतिर फेरी सोहि घरमा पुगेर आफुहरुलाई दु:ख दिएको भन्दै अक्षता (चामल) ले हान्न थालेका थिए ।

 

करीव डेढ घन्टा चामले हानेपपिछ मृत्यु भएकी बिबा माझीलाई उनीहरुले फेरि ब्युँताउने भन्दै थप आधा घन्टा चामलले हानेको उनका छोरा प्रेम बताउँछन् । गाउँभरि रहेको अक्षता (चामल) सकिएपछि उनीहरुले नजिकैको पसलबाट चामलका बोरा ल्याएर हानेका थिए ।

 

मृत बिबाको आधा भन्दा बढी शव चामलले पुरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घट्ना शुरु हुने बित्तिक्कै बिबाको घरमा पुगेको सित्खा प्रहरी चौकीका प्रहरीलाई समेत गाउँलेहरुले घरभित्र छिर्न दिएका थिएनन् ।

 

स्थानीय सुनिता माझीलाई पितृ आएर काम्न थालेपछि घट्नाको शुरुवात भएको स्थानीयहरुले बताए  । घट्नामा संलग्न भएकाहरुले आफुहरुलाई पितृ आएकाले केही थाहा नभएको बताएका छन् । प्रहरीले यसलाई गम्भीर अपराधको घट्नाका रुपमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।

 

घट्नाका विषयमा थप अनुसन्धानपछि बताउन सकिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अन्धविश्वासका कारण यस्तो घट्ना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

 

बृद्धाहरुलाई किशोर किशोरीहरुले काम्दै बोक्सीको आरोप समेत लगाएर अक्षताले हानेका मृतका आफन्तहरुले बताएका छन् ।

 

Nishana Seving AD

NCC Bank Ads
Alice Education home sports
Umakunda Gaun Palika AD
पार्किङमा रोक लगाइएको भन्दै बागबजारका व्यवसायी आन्दोलित

पार्किङमा रोक लगाइएको भन्दै बागबजारका व्यवसायी आन्दोलित

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:५१

  काठमाडौं: सवारी पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीहरु...

ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न

ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:३६

  धनगढी: धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिकै  ग्रेडरले कुल्चिएर पञ्चोदय...

समानुपातिक तर्फको मत कुन दलको कति ?

समानुपातिक तर्फको मत कुन दलको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:१६

  काठमाडौं: मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र...

राष्ट्रपतिको अन्तर्वार्ता प्रशारण नहुँदा शितल निवासमा खैलाबैला

राष्ट्रपतिको अन्तर्वार्ता प्रशारण नहुँदा शितल निवासमा खैलाबैला

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:०४

  काठमाडौं: नेपालका एक चर्चित टेलिभिजनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लिएको...

डीआईजी सहित २६ सय दरबन्दी थप्न नेपाल प्रहरीको प्रस्ताव

डीआईजी सहित २६ सय दरबन्दी थप्न नेपाल प्रहरीको प्रस्ताव

वि.सं.२०७९ मंसिर १५ बिहीवार १२:३६

  काठमाडौं: नेपाल प्रहरीमा एक प्रहरी नायव महानिरीक्षक (डीआइजी) सहित...

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो ३६औं साधारण सभा, ११ प्रतिशत लाभांश प्रस्ताव

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो ३६औं साधारण सभा, ११ प्रतिशत लाभांश प्रस्ताव

वि.सं.२०७९ मंसिर १५ बिहीवार १२:१८

  काठमाडौं: नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुस ७ गते ३६औं...