YouTube Link

भारतीय सेनापति मनोज पाण्डे काठमाडौं आउँदै

Facebook Link

 

काठमाडौं: भारतीय सेनाप्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउँदै छन् । उनी अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।

 

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाण्डे नेपाल आउन लागेका हुन् ।

 

भारतले ‘अग्निपथ’ योजना लागू गरेसँगै भारतीय सेनामा गोर्खा भर्ती रोकिएका बेाल सेनाप्रमुख पाण्डे नियमित भ्रमणका क्रममा आउन लागेका हुन् । उनी आउनु अघि भारतीय सेनाले नेपाली सेनालाई सहयोगीस्वरुप दिन लागेको पाँच वटा बख्तरबन्द गाडी आइपुगेका छन् ।

 

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा नेपाली सेनाको मानार्थ महारथीका रूपमा सुशोभित हुने कार्यक्रमका लागि आउन लागेका भएपनि भ्रमणका बेला भारतीय सेनाले अघि सारेको ‘अग्निपथ’ बारे छलफल हुने बताइएको छ ।

 

पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च सोमबार टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ ।

 

त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सोमबारै शिष्टाचार भेट गर्नेछन् ।

 

सोही दिन पाण्डेलाई नेपाली सेनाले सैनिक मुख्यालयमा रात्रिभोज दिनेछ । मंगलबार उनी सगरमाथा वेसक्याम्प नाम्चे पुग्नेछन् भने सोही दिन उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

 

 

साँझ भारतीय दूतावासले आयोजना गरेको रात्रि भोजमा सहभागी हुने पाण्डे चौथो दिन मौसमले साथ दिए मुक्तिनाथ दर्शनका लागि जानेछन् ।

 

त्यस्तै पोखरास्थित सेनाको पृतनाको भ्रमण गर्ने र सोही दिन काठमाडौ फर्केर वसन्तपुर हनुमान ढोका अवलोकन गर्ने कार्यक्रम रहेको छ ।  अन्तिम दिन सेप्टेम्बर ८ मा उनी स्वदेश फर्कनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...