Rajshow Bivag

निर्वाचनमा धाँधली भए सर्प जस्तो डस्न तयार रहनुस्

Departmant of helth services

 

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

शनिवार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिएका हुन् ।

 

गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई सचेत गराए ।

 

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्नेमा जोड दिए ।

 

उनले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गरे ।

 

अध्यक्ष ओलीले भने, ‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईहरुले राष्ट्रसेवको हैसियतमा निष्पक्ष भुमिका खेल्नुपर्दछ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने,अशान्ति मच्चाउने लगाएका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु ।’

सोही क्रममा उनले भने, ‘एमालेका नेता कार्यकर्ता गड्यौला जस्तो हुने हैन। दुईटा दाँत भएको सर्पजस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नु पर्छ’ उनले भने, ‘कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न। मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनै पर्छ किनकी यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यस कारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ ।’

 

मंसिर ४ गते हुने निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रताले हार्नुनहुने उनले बताए । सरकारमा रहेका दल त्यागेर अहिले नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको उनको भनाई छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख ४ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ४ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:४९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

वि.सं.२०८१ वैशाख ३ सोमवार १५:३०

  काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता...

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

वि.सं.२०८१ वैशाख ३ सोमवार १४:३४

  काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता...

काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन १२ दिन बाँकी, दुई दिने कार्यतालिका सार्वजनिक

काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन १२ दिन बाँकी, दुई दिने कार्यतालिका सार्वजनिक

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:४२

  काठमाडौं: वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन...

एसीसी प्रिमियर कप: आज नेपाल र हङकङ भिड्दै

एसीसी प्रिमियर कप: आज नेपाल र हङकङ भिड्दै

वि.सं.२०८१ वैशाख ३ सोमवार ०७:३३

  काठमाडौं: एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ ।...

हेर्नुहोस् आज २०८१ बैशाख ३ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ३ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ३ सोमवार ०६:५४

    मेष - Aries चु, चे, चो, ला, लि,...