YouTube Link

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा कालिकोटको नरहरीनाथ गाँउपालिकामा आगजानी

Facebook Link

कर्णाली: नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कालिकोटको नरहरीनाथ गाँउपालिका आगजानी गरेका छन् । गएराती करीव एक बजे नरहरीनाथ गाँउपालिकामा आएको ठुलो समुहले गाँउपालिका कार्यालयका साथै दुई वटा वडा कार्यालयका समेत कागजातहरु आगजानी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख बिनोद शर्माले बिप्लव समुहका कार्यकर्ताहरुले गएराती एक बजेतिर नरहरीनाथ गाँउपालिकाको कार्यालयको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडी पेट्रोल खन्याएर आगजानी गरेको जानकारी दिए । उनका अनुसार सुतिरहेको बेला गाँउपालिकामा भएको आगजानी इलाका प्रहरी चौकी कुमालगगाँउका प्रहरीहरु र स्थानिय नागरिकहरुले नियन्त्रणमा लिएको बताए ।

आगजनीबाट गाँउपालिकाको भौतिक तथा अन्य अभिलेखहरु नष्ट भएको छ । क्षेतीको एकिन बिबरण भने आइनसकेको बताइएको छ । गाँउपालिकाको वडा नं. ६ माल्कोट कार्यालय र वडा नं. ५ रुप्सामा रहेको वडा कार्यालयका कागजातहरु पनि जलाएको प्रहरीले जनाएको छ ।

प्रहरीले बिप्लव समुहका नेता तथा नन्दादेवी माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बिकको नेतृत्वमा आएको टोलीले नरहरीनाथ गाँउपालिकाका साथै दुई वडा वडा कार्यालयमा रहेका कागजातहरु जलाएको जानकारी दिदैं आगजानीमा संलग्नहरुको तिब्र रुपमा खोजीकार्य भईरहेको बताएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...