माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा
वि.सं.२०७९ जेठ २० शुक्रवार ०८:५७
2.2K
shares
काठमाडौं : सत्ता साझैदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ । आज साँझ भर्चुअल माध्यमबाट केन्द्रीय कमिटीको बैठक बस्न लागेको पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
आज बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्दै संसदीय चुनावसम्म कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताईएको छ । यसअघि माओवादी केन्द्रले देशभरबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बुधबार र बिहीबार प्रशिक्षण दिएको थियो ।
पार्टी केन्द्रीय कमिटीको बैठकअघि जनप्रतिनिधिलाई दिशाबोध गर्ने कामलाई उच्च प्राथमिकतामा राखिएको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।
वि.सं.२०७९ जेठ २० शुक्रवार ०८:५७



















