YouTube Link

अबदेखि ख्यालठट्टाका नाममा प्रयांक भिडियो बनाई सामाजिक सञ्जाल तथा युट्युबमा राखे जेल र जरिवाना

प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा कारबाही गर्ने

Facebook Link

 

 

काठमाडौं: पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्युबमा प्रयांकको नाममा विभिन्न खालका भिडियोहरु देख्न पाईन्छ ।

 

कतिपय भिडियोहरु त परिवारसँग बसेर हेर्नसम्म मिल्दैन भने कतिपय भिडियोले व्यक्तिको चरित्रमाथि प्रश्न उठाइरहेको हुन्छ ।

 

सामाजिक सञ्जालमा यसरी सार्वजनिक हुने भिडियोले व्यक्तिको मानमर्दन गरेको भन्दै उजुरी परेपछि यो विषयमा गृहमन्त्रालयले कडाई गर्ने भएको छ ।

 

बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालये कसैलाई प्रयांक अर्थात् सताउने भिडियो बनाए कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

 

व्यक्तिलाई सताउने भिडियो बनाएर युट्युबलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई अब प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा कारबाही गर्नेछ ।

 

नेपाल प्रहरीले ख्यालठट्टाका नाममा भिडियो बनाएर सर्वसाधारणलाई मानसिक तथा शारीरिक रूपमा हैरानी दिनेलाई मुलुकी संहिता अनुसार कानुनी कारबाही गर्नेछ ।

 

प्रहरी कारबाहीमा दोषी ठहर भए ती व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ  ।

 

संहिताको दफा ११८ मा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन  । कसैले कसुर गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ  ।’

 

बिहीबार गृह मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिनेलाई कानुन अनुसार कारबाही गर्ने प्रष्ट उल्लेख गरिएको छ । यो विषयमा विज्ञप्तिमार्फत् गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ  ।

 

गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले ख्यालठट्टाका नाममा युट्युबर मानिसको व्यक्तिगत जीवनभित्र छिर्ने गरेको भेटिएपछि प्रहरीलाई कारबाहीका लागि निर्देशन दिएको बताए ।

 

मानिसको गोप्य भिडियो बनाई युट्युबमार्फत सार्वजनिक गर्ने गरेको भेटिएपछि यस्ता कानुन विपरीतका गतिविधि रोक्न गृहले यो कदम चालेको उनको भनाइ छ ।

 

मन्त्रालयमा पीडितबाट उजुरी तथा गुनासो बढ्न थालेपछि त्यस्ता गतिविधि गर्नेलाई कानुन अनुसार कारबाही गर्न मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको उनले प्रष्ट पारे ।

 

गृहका अनुसार अब अनुमतिविना तस्बिर तथा भिडियो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेविरुद्ध कारबाही हुनेछ  ।

 

अनुमतिविना खिचिएका भिडियो तथा तस्बिरले मानसिक तनाव तथा विवाद निम्त्याउने, सामाजिक द्वन्द्व भड्काउने र शान्ति सुव्यवस्थामा समेत खलल पर्ने भएकाले संलग्नलाई कारबाही गर्न लागिएको गृह प्रवक्ताको भनाइ छ  ।

 

‘सार्वजनिक स्थलमा कुनै व्‍यक्तिको अनुमतिविना कुनै प्रकारको तस्बिर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्‍यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्‍यक्तिको अनुमतिरसहमति विना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्‍यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध,’ गृहको विज्ञप्तिमा भनिएको छ ।

 

ख्यालठट्टाका नाममा बनाइएका त्यस्ता भिडियो अश्लीलता फैलाउने मात्र नभई महिला हिंसालाई समेत प्रोत्साहन दिने खालका देखिएपछि कानुनी कारबाही गर्न लागिएको मन्त्रालयले विज्ञप्तिमा प्रष्ट पारेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...