Rajshow Bivag

राष्ट्रियसभा सदस्यका लागि ७ वटै प्रदेशमा मतदान जारी

मतदान शान्तिपूर्ण भएपनि केही ठाउँमा तनाव

Departmant of helth services

 

 

काठमाडौं: राष्ट्रियसभा सदस्यका लागि रिक्त हुन लागेका १९ सिटका लागि ७ वटै प्रदेशमा मतदान जारी छ ।

 

मतदानको समय अपराह्न तीन बजेसम्म तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

 

मधेश प्रदेशमा झडप भएपनि अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । यद्यपि मतदान भने नरोकिएको निर्वाचन आयोगले जनाएको छ ।

 

मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेशसभा सदस्य मनिष सुमन तथा सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेका छन् ।

 

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव सवार गाडीमा पनि रामानन्द चोकमा तोडफोड भएको छ । गाडी चालक लक्ष्मी कुमार यादव घाइते भएका छन् ।

 

किसानका मुद्दा उठाउँदै जिल्लामा गतिविधि गर्दै आएका उनीहरुले आज निर्वाचनको दिन बिहानैदेखि जनकपुरधामका चोकहरुमा टायर बालेर प्रदर्शन गर्दै आएका थिए ।

 

 

बागमती प्रदेशमा पनि माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेकी हिमाली गोलेले आफूले मतदान गरेको तस्वीर आफैंले खिचेपछि तनाव भएको हो ।

 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनलाई तस्वीर नखिच्न र खिचेको तस्वीर पनि हटाउन भनेपछि भनाभन भएको थियो ।

 

हेटौंडा–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान बिहान ९ बजे सुरु हुने भनिएको मतदान पानी परेका कारण निर्धारित समयभन्दा ४० मिनेट ढिलो सुरु भएको थियो ।

 

अन्य प्रदेशहरुमा निर्वाचन शान्तिपूर्ण छ । प्रदेश १ मा सामाजिक विकास मन्त्री जयराम यादवले पहिलो मतदान गरेका थिए । मुख्यमन्त्री राजेन्द्र राईले पनि मतदान गरेका थिए ।

 

यसैगरी लुम्बिनी प्रदेशको दाङस्थित कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि नै मतदान जारी छ । मुख्यमन्त्री कुलप्रसाद केसीले सुरुमा मतदान गरे ।

 

पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि मतदान गरेका छन् ।

 

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि निर्वाचन भइरहेको हो ।

 

लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको कार्यकाल सकिदैछ ।

 

यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि राष्ट्रिय सभा निर्वाचनको मतदान जारी छ । सुदूरपश्चिममा तीन सिटका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा मतदान शुरू भएको थियो ।

 

गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:२९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:२५

  काठमाडौं: दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर...

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:११

  काठमाडौं: नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा...