YouTube Link

उमाकुण्ड गाउँपालिकालाई संघ र प्रदेश सरकारले बजेट विनियोजनमा विभेद गरेकै हो

Facebook Link

 

 

साढे चार वर्षमा गरेको विकास निर्माणका साथै आर्थिक तथा सामाजिक विकासको बारेमा केन्द्रीत रहेर सन्तोष ढुंगेलले उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारसँग गरेको कुराकानी :

 

– विकास निर्माणका कार्यहरू के कसरी भइरहेका छन् ?

निर्वाचनको बेला पार्टीको तर्फबाट जारी गरिएको घोषणापत्र र प्रतिबद्धता अनुसार काम भइरहेको छ । सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका काम गरिरहेका छौं ।

 

– निर्वाचनको बेला नागरिकसँग गरिएको वाचाहरू सबै पूरा भए ?

जनतासँग गरिएका प्रतिबद्धताको ७० प्रतिशत काम सम्पन्न भएका छन् । भोट माग्ने क्रममा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विद्युत्को क्षेत्रमा काम गर्ने प्रतिबद्धता गरेका थियौं । सोही अनुसारको काम भएको छ ।

 

– विकास निर्माणको काम गर्ने क्रममा के, कस्ता अवरोधहरू आए ?

रामेछापको आठ स्थानीय तहमध्ये उमाकुण्ड भौगोलिक रूपमा विकट छ । विकास निर्माणमा धेरै बजेट आवश्यक हुन्छ । भौगोलिक विकटताको कारण घरबस्तीहरू टाढाटाढा छन् । तर यो गाउँपालिकामा विकास बजेट कम आउँदा समस्य भएको छ ।

 

– सडकको अवस्था कस्तो छ ?

विकास निर्माणमा साझा धारणा बनाएर काम गरिरहेका छौं । गाउँपालिकाको केन्द्रलाई मध्यनजर गरी, सातवटै वडामा हिउँदभरि यातायात चल्ने बनाएका छौं । सदरमुकाम मन्थलीबाट गाउँपालिका आउने मुख्य सडकको डीपीआर गरेर कालोचौतारादेखि सिँगटीसम्म कालोपत्रेको काम भइरहेको छ ।

 

– हालसम्म कति वटा ऐन तथा कानुनहरू बनाउनुभयो ?

ऐन, कानुन र कार्यविधि गरी ५३ वटा बनाएका छौं । संघ र प्रदेशले कानुन बनाउन ढिला गर्दा स्थानीय तहको साझा अधिकारका विषयमा कानुन बाझिएकाले हामीले आफ्नो अधिकार प्रयोग गर्न पाएनौं । जसका कारण गाउँपालिकाभित्र रहेका प्राकृतिक स्रोत, साधन र आवश्यक कर्मचारी व्यवस्थापनका लागि समेत समस्या भयो । जसका कारण पालिकाले गर्ने कार्यसम्पादनमा समेत कठिन भएको छ ।

 

पर्यटनलाई हामीले दुई तरिकाले हेरेका छौं । पहिलो, धार्मिक, पौराणिक, पुरातात्विक र दोस्रोमा आकर्षक दृश्यहरूमार्फत पर्यटकलाई आकर्षित गर्ने । ताँबेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले भौतिक संरचना निर्माणका लागि ठेक्का लागेर काम अगाडि बढिसकेको छ । पौराणिक र पुरातात्विक महत्व बोकेको उमातीर्थ पनि उमाकुण्ड गाउँपालिकामै पर्छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिएमा उमाकुण्ड गाउँपालिकालाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने छ ।

 

– कृषिमा गाउँपालिकाको योजना के छ ?

उमाकुण्डलाई समृद्ध बनाउने तीनवटा आधारहरू तय गरिएका छन् । जल, जमिन र पर्यटन यी गाउँपालिकाका मुख्य स्रोतहरू हुन् । जल, जमिन र पर्यटनको माध्यमबाट यहाँको नागरिकलाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिन्छ । सोही आधारमा योजना बनाएका छौं। उद्देश्य पूरा गर्न पहिलो आवश्यकता सडक भएकाले बितेका तीन वर्ष सडकलाई प्राथमिकतामा राखेर बजेट पूर्वाधारमा खर्च गरियो । चालू आर्थिक वर्षमा कृषि र पशुपालनलाई प्राथमिकतामा राखेका छौं । अनुदान टाठाबाठाहरूले लिने तर काम नगर्ने भएकाले गाउँपालिका आफैले अनुगमन गरी वास्तविक कृषक पहिचान गरेर मात्र अनुदान दिने व्यवस्था मिलाएका छौं ।

 

– पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले के काम गरिरहेको छ ?

पर्यटनलाई हामीले दुई तरिकाले हेरेका छौं । पहिलो, धार्मिक, पौराणिक, पुरातात्विक र दोस्रोमा आकर्षक दृश्यहरूमार्फत पर्यटकलाई आकर्षित गर्ने । ताँबेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले भौतिक संरचना निर्माणका लागि ठेक्का लागेर काम अगाडि बढिसकेको छ । पौराणिक र पुरातात्विक महत्व बोकेको उमातीर्थ पनि उमाकुण्ड गाउँपालिकामै पर्छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिएमा उमाकुण्ड गाउँपालिकालाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने छ ।

 

– उमाकुण्डलाई बजेट विनियोजनमा संघ र प्रदेश सरकार विभेद गरेको हो ?

विभेद गरेकै हो । सुरुदेखि नै मैले संघ, प्रदेश र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छौं । दुर्गमको हिसाबले प्रशासनिक रूपमा पनि उमाकुण्ड वर्ग ‘क’मा परेको छ । बजेट विनियोजन गर्ने मापदण्डहरू छन् । सूचांकको आधारमा हामीसँग जनसंख्या कम छ । भूगोलको आधारमा हामीले पाँच प्रतिशत मात्रै बजेट पाउँछौं भने जनसंख्याको आधारमा ८० प्रतिशत । विकटमा रहेका बस्तीमा सडक, पानी, बत्ती, शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउन बढी खर्च लाग्ने भएकाले सूचांक संशोधन गरी विकट ठाउँलाई बजेटमा प्राथमिकता दिनुपर्छ भनेर सम्बन्धित निकायमा सुझाव पेस गरें तर कार्यान्वयन भएन ।

 

– प्रशासनिक भवन निर्माणमा ढिलाइ हुनुको कारण के हो ?

कोभिडको कारण धेरै विकास निर्माणको कामहरू अवरुद्ध हुन पुग्यो। हामी निर्वाचित भएलगत्तै प्रिफ्याब भवन निर्माण गर्‍र्यौं । त्यहीबाट कार्यसम्पादन भइरहेको छ । पक्की भवन निर्माणका लागि ठेक्का लगाएर काम आगाडि बढिसकेको छ । सातवटै वडा कार्यालय भवनहरू बनिसकेको छ । दुई वटा अस्पतालहरू गाउँपालिकामा ५ शैय्या र बाम्तीमा १० शैय्याको बन्दैछ। पूर्वाधार निर्माणको काम निरन्तर अगाडि बढिरहेको छ ।

 

– गाउँपालिकाले बजेट विनियोजन कुन विधिबाट गर्छ ?

आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने हो । जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र नागरिक अगुवा सबैको सोच सकारात्मक नभएसम्म राम्रो गर्छु भनेर मात्र नहुँदो रहेछ । विकास क्रमशः हुने कुरा हो । तर विकास निर्माणको कामलाई चाँडै सम्पन्न गर्न सकियो भने सार्थकता हुन्छ । मैले भन्ने गरेको छु, एउटा चामत्कारिक विकास र अर्को क्रमिक विकास । क्रमिक हुने विकास हुँदै जान्छ तर हामी चमत्कारिक विकास गर्ने भनेर आएका हौं । चामत्कारिक विकासका लागि जनप्रतिनिधि, राजनीतिक पार्टी कर्मचारी सबैमा केही गर्नुपर्छ भन्ने सोच भएन भने गाउँपालिका अध्यक्षले मात्रै चाहेर नहुने रहेछ । अनौठो समस्या झेलिरहेका छौं । वडा, जनसंख्या र भूगोलका आधारमा बजेट विनियोजन गरेका छौं ।

 

हाम्रो एउटै मात्र लक्ष्य छ, जनतालाई जसरी पनि धनी बनाउने । कृषि, पर्यटन र जलविद्युत्लाई उपयोग गरेर यहाँको जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिन्छ । चालू आर्थिक वर्षदेखि हाइड्रोपावरबाट रोयल्टीबापत ५ करोड पैसा आउँदै छ । आगामी दुई वर्षपछि उमाकुण्ड गाउँपालिकाले २० करोड बजेट प्राप्त गर्दैछ । त्यो बजेटमार्फत पाँच वर्षमै यहाँको  जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिन्छ ।

 

– गाउँपालिका अध्यक्ष भएर पनि सरकारी गाडी चढ्नु भएन किन ?

म निर्वाचित हुँदा गाउँपालिकाका सबै ठाउँमा मोटरबाटो पनि पुगेको थियो । अर्को कुरा मानिसले चाह्यो भने हिँडेर पनि जनतालाई सेवा दिन सकिन्छ । उमाकुण्ड गाउँपालिकाले गाडी किन्न सक्दैन, गाडी किन्ने पैसाले सडक निर्माण गर्छौं भनेर निर्वाचन आयोगका सचिवसँग कुरा गरेको थिएँ । र, गाडी उपलब्ध गराउने कुरा पनि भएको थियो । अहिले मन्त्रालयबाट टोयटा गाडी उपलब्ध भएको छ । यो गाडी पनि मैले त नलिने भनेको थिएँ। तर प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गरिसक्नु भएको रहेछ । गाडी लिन मन्त्रालयबाट बारम्बार फोन आएपछि एउटा गाडी ल्याएका छौं । अब हाम्रो कार्यकाल चार महिना बाँकी छ । यो गाडी आएदेखि मैले कति दिन चढेँ, तेल कति खर्च भयो, सबै रेकर्ड राखेर सार्वजनिक गर्नेछु । पहिला त भत्ता पनि लिएको थिइनँ । सार्वजनिक व्यक्ति भएको र मेरो आम्दानीको स्रोत केही नभएकाले पछिल्लो समय भत्ता चाहिँ लिएको छु । त्यो बाहेक सेवासुविधा लिएको छैन । भोलि पनि यहीं राजनीतिक गर्ने हो । मेरो कार्यकाल सकिएपछि म पुरानै हैसियतमा फर्किने हो । त्यही भएर सुविधा नलिएको हो ।

 

– विकासका अरू केही काम ?

उमाकुण्ड गाउँपालिकामा भौतिक पूर्वाधारको काम सकिएको छ। सडक पालिकाको सबै ठाउँमा पुगिसकेको छ । यही माघभित्र गाउँपालिकाको सबै घरधुरीमा बिजुली बत्ती बल्दैछ । खानेपानी प्रत्येक घरमा पुग्दैछ । खानेपानीका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेका छौं । शिक्षक कम भएको विद्यालयमा गाउँपालिकाले शिक्षकको व्यवस्था गरेको छ । गाउँपालिकामा दुईवटा स्वास्थ्य अस्पताल निर्माण गरेका छौं । स्वास्थ्यकर्मीको दरबन्दी निर्धारण गरेर जनशक्ति माग भइसकेको छ । व्यवस्थापन बाहेक पूर्वाधार निर्माणको लागि अब बजेट विनियोजन गर्नु पर्दैन । जबसम्म हामीले जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउन सक्दैनौं, तबसम्म भौतिक पूर्वाधार विकासले मात्र केही हुँदैन ।

 

– अन्तमा, भन्नुपर्ने केही छ ?

हाम्रो एउटै मात्र लक्ष्य छ, जनतालाई जसरी पनि धनी बनाउने । कृषि, पर्यटन र जलविद्युत्लाई उपयोग गरेर यहाँको जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिन्छ । चालू आर्थिक वर्षदेखि हाइड्रोपावरबाट रोयल्टीबापत ५ करोड पैसा आउँदै छ । आगामी दुई वर्षपछि उमाकुण्ड गाउँपालिकाले २० करोड बजेट प्राप्त गर्दैछ । त्यो बजेटमार्फत पाँच वर्षमै यहाँको  जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिन्छ । वित्तीय अनुदान १२ करोड आउँछ भने दुई वर्षपछि हाम्रो आन्तरिक स्रोत २० करोड हुन्छ । आउने जनप्रतिनिधिले सडक, बत्ती, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारको क्षेत्रमा व्यवस्थापन बाहेक बजेट विनियोजन गर्नु पर्दैन । दल, कर्मचारी, नागरिक समाज सबै एकताबद्ध भएर लाग्ने हो भने आगामी पाँच वर्षमा ‘समृद्ध उमाकुण्ड, सुखी उमाकुण्डवासी’ बनाउन सकिन्छ ।

अन्नपूर्णपोष्टबाट:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...