YouTube Link

माओवादी केन्द्रमा सहमति हुन नसक्दा पटक-पटक निर्वाचन कार्यतालिका हेरफेर

World Cup 2026
Facebook Link

 

काठमाडौं: जारी नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि परिवर्तन भएको छ ।

 

शनिबार तय भएको निर्वाचन कार्यतालिका पटक-पटक परिवर्तन भएकोमा आज पनि फेरि नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो ।

 

नयाँ कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो ४ बजेदेखि ६ बजेसम्म गर्ने भनिएको छ ।

 

उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन बेलुकी ६:३० बजे हुनेछ । ७ बजे उम्मेदवारको विरोधमा उजुरीका लागि समय छुट्याइएको छ ।

 

उजुरी उपार छानविन र निर्णय ७:४५ सम्म हुनेछ ।

 

उम्मेदवारको नामावली पुन: प्रकाशन राति ८ बजे गर्ने भनिएको छ ।

 

उम्मेदवारी फिर्ता लिनका लागि आधा घण्टाको समय छुट्याइएको छ ।

 

अन्तिम नामावली राति ८:४५ मा प्रकाशित गरिनेछ ।

 

आज राति ८ बजेदेखि सोमवार बिहान १:२५ सम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ ।

 

मतगणना भने मतदान सम्पन्न भएको एक घण्टापछि नै सुरु गर्ने बताइएको छ ।

 

सहमतिका लागि कयौं प्रयास भएपनि सहमति हुननसक्दा पटकपटक निर्वाचन कार्यतालिका हेरफेर भइरहेको हो ।

 

यसअघि यो महाधिवेशनबाट १५ जना पदाधिकारी चयन गर्ने भनिएको थियो ।

 

अब भने पदाधिकारी संख्या केन्द्रीय कमिटीले आवश्यकता अनुसार निर्धारण गर्ने जनाइएको छ ।

 

७ प्रदेशबाट सर्वसम्मत रुपमा २५६ सदस्य छनोट गर्ने प्रयास भइरहेको छ ।

 

प्रदेश १ बाट ४१ जना, प्रदेश २ बाट २५ जना, वागमतीबाट ५२ जना, गण्डकीबाट २४ जना, लुम्बिनीबाट ४० जना, कर्णालीबाट ३१ जना र सुदूरपश्चिमबाट २९ जना सदस्य केन्द्रीय कमिटीमा राख्ने तयारी स्वरुप छलफल भइरहेको छ ।

 

प्रवास विशेष सम्पर्कबाट १४ जना केन्द्रीय कमिटीमा राख्ने गरी भागवन्डाको खाका बनेको बताइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...