YouTube Link

पुलिसलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र एएफसी कपको छनोटमा

World Cup 2026
Facebook Link

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको छ ।

 

मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै एएफसी कपमा छनोट भएको हो ।

 

अर्को दाबेदार मनाङ मस्र्याङ्दी क्लबले शनिबार पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै शीर्षस्थानमा पुनरागमन गरेसँगै मछिन्द्रलाई छनोटका लागि पुलिसविरुद्ध जित्नै पर्ने दबाब थियो ।

 

बराबरी वा हारले टोलीको एएफसी कप छनोटको सम्भावना टुंगिने थियो ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातौं चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउन एसियाली फुटबल महासंघ (एएफसी) लाई प्रस्ताव गरेको थियो ।

 

सातौं चरणको खेल सकिदा मछिन्द्रले ७ खेलमा १७ अंक जोडेको छ ।

 

मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा १ अंकले अघि रहेको छ ।

 

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।

 

अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो ।

 

यस पटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ ।

 

मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स पाएको छ ।

 

अघिल्लो पटक मछिन्द्रको स्थानमा उपविजेता बनेको आर्मीले एएफसी कप खेलेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...