पूर्व-पश्चिम राजमार्ग बन्द गरी बसेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप
वि.सं.२०७८ पुस १८ आइतवार १६:११
2.4K
shares
काठमाडौं: धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पूर्व-पश्चिम राजमार्ग बन्द गरी बसेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
सडक खुलाउने क्रममा आन्दोलनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि झडप भएको हो ।
झडपका क्रममा ८ जना सुरक्षाकर्मी र जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीसमेत चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
घाइते भएका जनमत पार्टीका कार्यकर्तालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि तराइका जिल्लामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै प्रदर्शन गर्दै आएको छ ।
वि.सं.२०७८ पुस १८ आइतवार १६:११




















