नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनबाट आजै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्ने
वि.सं.२०७८ पुस १५ बिहीवार ११:४२
1.9K
shares
काठमाडौं: जारी नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशन अन्तर्गत आज पनि बन्दसत्र जारी छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा गरिएको समहूगत छलफलमा प्राप्त सुझाव पेस गर्ने सिलसिला आज पनि जारी रहने छ ।
२५ समूहमध्ये हिजो बुधबार ११ वटाले आफ्ना सुझाव प्रस्तुत गरिसकेका छन् ।
अब आज बाँकी १४ समूहले आफ्ना सुझाव पेस गर्नेछन् ।
सुझाव पेस गरेपछि स्थायी समितिका सदस्यले पनि छुट्टै सुझाव दिनेछन् ।
यो चरण सकिएपछि आजै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी गरिएको माओवादी केन्द्रको निर्वाचन समितिले जानकारी दिएको छ ।
वि.सं.२०७८ पुस १५ बिहीवार ११:४२




















