YouTube Link

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनलाई किन बनाइयो महाधिवेशन ? अध्यक्ष प्रचण्डको व्याख्या जस्ताको तस्तै

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनका रूपमा आज उद्घाटन गर्दैछ ।

 

यस विषयमा निर्णय गर्न आज बिहान बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले यसबारे व्याख्या सुनाएका छन् ।

 

अध्यक्ष प्रचण्डको व्याख्या जस्ताको तस्तै:

 

सम्मेलनमा विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, इतिहासको समीक्षा, हामी जाने समाजवादको बाटो कस्तो हो भन्नेमा नै विस्तारपूर्वक गर्दै छौँ । जुन अरू पार्टीले गरेनन् । त्यसकारण यो सबै प्रक्रिया पुर्याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने त्यसले पनि देखियो । हामी विधान पनि व्यवस्थित ढङ्गले संशोधन गरेर प्रस्तुत गर्दै छौँ । त्यसले पनि यसलाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्न उचित देखियो ।

 

हिजो साँझ हाम्रो स्थायी कमिटीको बैठकमा सम्मेलनलाई राष्ट्रिय महाधिवेशनको रूपमा सम्पन्न गर्न उचित हुन्छ भन्ने समझदारी भएपछि अहिलेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने भन्ने निर्णय गरियो । त्यो निर्णयअनुसार मैले कमरेडहरूको अगाडि यो प्रस्ताव प्रस्तुत गर्दै छु । प्रस्ताव प्रस्तुत गर्नुको कारणको पछाडि म छोटोमा मात्रै भन्छु ।

 

पहिलो कुरा त हामीले यो राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने प्रक्रियामा जस्तो प्रक्रिया र विधि अवलम्बन गर्‍यौँ, सदस्यता नवीकरणदेखि वडाहरूमा सम्मेलन र त्यहाँ प्रतिनिधि चुन्नेदेखि त्यहाँ प्रतिवेदन पारित गर्ने र नेतृत्व चयन गर्नेसम्मका कामहरू गर्‍यौँ । त्यसैगरी पालिकाहरूको सम्मेलन, त्यहाँ प्रतिवेदन प्रस्तुत र नयाँ नेतृत्व निर्माणको निर्वाचन पनि गर्‍यौँ । त्यसैगरी प्रदेश सम्मेलनमा पनि पार्टी केन्द्रको तर्फबाट पनि अब हामी सम्मेलनमा कुन लाइनमा जाँदै छौ भन्ने कुराको प्रस्तुति पनि गर्‍यौँ। त्योसँगै प्रतिनिधि र कमिटीको निर्वाचन प्रक्रिया पनि सम्पन्न गर्‍यौँ, केही मात्र बाँकी होला । र, राष्ट्रिय सम्मेलनका लागि पनि प्रतिवेदन, विधान संशोधन प्रस्ताव र नेतृत्व पनि यही केन्द्रीय समिति बस्दै छैनौँ ।

 

हामी नयाँ केन्द्रीय समितिको निर्वाचन पनि गर्ने भएपछि यो सबै हामीले गरेको प्रक्रिया हेर्दा नाम राष्ट्रिय सम्मेलन दिए पनि महाधिवेशनकै निम्ति गर्‍यौ र गर्दै छौँ । अब प्रस्तुत गर्ने प्रतिवेदन र विधान अनि नेतृत्वको निर्वाचनको तलदेखि माथि सम्मको समग्र प्रक्रियाले सम्मेलन भनिराख्नुपर्ने हामीलाई लागेन । यो त महाधिवेशन नै हो । फेरि अरू प्रमुख पार्टीहरूले महाधिवेशन गर्दा हाम्रो जति विधिपूर्वक देखिएन । त्यो हामीले पूर्वाधार र काम पुरा गरेको देखियो । तेस्रो कुरा राष्ट्रिय सम्मेलन भने पनि हामी यहाँ व्यवस्थित रूपमा नयाँ विचारको विकास गर्ने गरी महाधिवेशनमा गर्नुपर्ने कामै गर्दै छौँ । सम्मेलनमा औपचारिकता पुरा गरौँ भन्ने मात्रै होइन ।

 

सम्मेलनमा विश्व परिस्थिति,राष्ट्रिय परिस्थिति, इतिहासको समीक्षा, हामी जाने समाजवादको बाटो कस्तो हो भन्नेमा नै विस्तारपूर्वक गर्दै छौँ । जुन अरू पार्टीले गरेनन् । त्यसकारण यो सबै प्रक्रिया पुर्याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने त्यसले पनि देखियो । हामी विधान पनि व्यवस्थित ढङ्गले संशोधन गरेर प्रस्तुत गर्दै छौँ । त्यसले पनि यसलाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्न उचित देखियो । अरू पार्टीले महाधिवेशन भन्ने हामीले महाधिवेशन गर्ने भन्नचाहिँ सम्मेलन भन्नेजस्तो भयो । अरूले माथिको जस्तो हाम्रो तलको जस्तो जसले राष्ट्रिय राजनीतिमा पनि प्रभावकारी नहुनेजस्तो भयो। तर हामीले देशभरि तयारी राष्ट्रिय सम्मेलन भनेर तयारी गर्‍यौँ ।

 

अनि हामीले वैधानिक र कानुनी ढङ्गले के हुन्छ भनेर केन्द्रीय हाम्रो समितिकै सदस्य कमरेड मुक्ति प्रधानलाई यसको वैधानिक र कानुनी पाटो के हुन्छ निर्वाचन आयोगसँग पनि संविधान तथा कानुनको पाटो हेर्नुपर्यो भनेर उहाँलाई जिम्मा लगाइयो । उहाँले बुझ्दा भेला, सम्मेलन र महाधिवेशन जे भने पनि तपाईंहरूको कुरा हो तर एउटै कुरा भेला, सम्मेलन वा महाधिवेशन जे भन्ने भए पनि केन्द्रीय समितिले औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिनुभयो भने महाधिवेशन भन्दा केही आपत्ति हुँदैन भन्ने निर्वाचन आयोगका जवाफ आयो ।

 

हामीले संविधान पनि हेर्यौ, त्यहाँ महाधिवेशन, भेला यति वर्षमा गर्नुपर्छ भन्ने छैन, बरु ५ वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्नेछ भन्ने छ । त्यसो भएर हामीले गरेका सबै काम महाधिवेशनका गर्ने तर नाम चाही सम्मेलन राख्नुभन्दा महाधिवेशन नै भन्नु उचित हुन्छ, त्यसले दिने सन्देश नै बलियो हुन्छ र हामीले पारित गर्ने दस्तावेज र विधानको महत्त्वका साथै समावेशी, समानुपातिक सम्बोधन गर्दै छौँ भनेर राष्ट्रिय सम्मेलन नै भन्नुपर्छ भन्ने छैन ।

 

दोस्रो अहिले भनिएन भने विधानमा सम्मेलनले गरेका सबै कुरा महाधिवेशनले अनुमोदन गर्नुपर्छ भन्ने छ । त्यसले गर्दा तुरुन्तै महाधिवेशन गर्नुपर्ने भयो। दोस्रो निर्वाचन आयोगको हामीमाथि रहिरहने भयो, निर्वाचनमा गएका हुन्छौँ, कता हुन्छौँ तर खोइ महाधिवेशन भनेर आयोगले भन्यो भने हामीलाई प्रेसर हुने भयो। हाम्रो अनुकूलतामा त महाधिवेशन गरी नै हाल्छौँ, दुई वर्ष अढाई वर्ष जहिले पनि गर्न सक्छौँ, तर अहिले महाधिवेशन भनिएन भने त चाँडै गर्नुपर्ने हुन्छ त्यो तनावमा हामी किन बस्ने ? एकछिनलाई कसैले अस्तिसम्म सम्मेलन भने आज महाधिवेशन भन्लान् तर त्यसको हामी मजाले जवाफ दिन सक्छौँ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...