Rajshow Bivag

कांग्रेस सभापति पदका लागि शेरबहादुरदेखि कल्याण गुरुङसम्मले दिए उम्मेदवारी

Departmant of helth services

 

काठमाडौं: आसन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

 

वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका हुन् ।

 

सभापतिमा ६ जना उम्मेदवार बनेपछि १३औं महाधिवेशनको टीम र गुट तितरवितर भएको छ । देउवासँग विद्रोह गरेर निधिले सभापतिमा उम्मेदवारी दिएका छन् भने पौडेल समूह पनि छिन्नभिन्न भएको छ ।

 

१३औं महाधिवेशनको पौडेल समूहबाट ३ जना सभापतिका उम्मेदवार बनेका छन् । कोइराला, सिंह र गुरुङ पौडेल समूहबाट विभाजित भएर आमुन्ने–सामुन्ने भएका हुन् ।

 

गोरखाबाट महाधिवेशन प्रतिनिधि जितेका युवराज न्यौपाने महामन्त्रीका उम्मेदवार गगन थापा निकट मानिन्छन् ।

 

देउवा समूहबाट निधि बाहिरिएका छन् भने कृष्णप्रसाद सिटौला पक्ष जोडिएको छ । देउवा पक्षले निधिको उम्मेदवारीलाई त्यति गम्भीर रुपमा लिएको छैन । तर, निधिले देउवा पक्षको केही भोट काट्ने अनुमान गरिएको छ ।

 

१३औं महाधिवेशनमा कांग्रेसभन्दा बाहिर रहेको विजय गच्छदार समूह देउवाको साथमा छ । सुनीलबहादुर थापा देउवाको टीममा उम्मदेवारका रुपमा अटाएका छैनन् भने थापाले देउवालाई नै साथ लिने संस्थापन पक्षको दाबी छ ।

 

शेखर र प्रकाशमान आमने सामने हुने अवस्था आएपछि रामचन्द्र पौडेलले प्रतिस्पर्धाबाट बाहिरिएका छन् । १३ औं महाधिवेशनमा सिटौलालाई साथ दिएका गगन थापाले शेखर कोइरालालाई रोजेपछि सिटौलाले आफ्नो समूह देउवा समूहमा मिसाएका छन्

 

१३ औं महाधिवेशनमा देउवासँगै सभापतिमा भिडेका सिटौला आफूचाहिँ प्रतिस्पर्धाबाट बाहिरै बसेका छन् ।

शेरबहादुरदेखि कल्याण गुरुङसम्म :

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...