YouTube Link

कांग्रेस सभापति पदका लागि शेरबहादुरदेखि कल्याण गुरुङसम्मले दिए उम्मेदवारी

Facebook Link

काठमाडौं: आसन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका हुन् ।

सभापतिमा ६ जना उम्मेदवार बनेपछि १३औं महाधिवेशनको टीम र गुट तितरवितर भएको छ । देउवासँग विद्रोह गरेर निधिले सभापतिमा उम्मेदवारी दिएका छन् भने पौडेल समूह पनि छिन्नभिन्न भएको छ ।

१३औं महाधिवेशनको पौडेल समूहबाट ३ जना सभापतिका उम्मेदवार बनेका छन् । कोइराला, सिंह र गुरुङ पौडेल समूहबाट विभाजित भएर आमुन्ने–सामुन्ने भएका हुन् ।

गोरखाबाट महाधिवेशन प्रतिनिधि जितेका युवराज न्यौपाने महामन्त्रीका उम्मेदवार गगन थापा निकट मानिन्छन् ।

देउवा समूहबाट निधि बाहिरिएका छन् भने कृष्णप्रसाद सिटौला पक्ष जोडिएको छ । देउवा पक्षले निधिको उम्मेदवारीलाई त्यति गम्भीर रुपमा लिएको छैन । तर, निधिले देउवा पक्षको केही भोट काट्ने अनुमान गरिएको छ ।

१३औं महाधिवेशनमा कांग्रेसभन्दा बाहिर रहेको विजय गच्छदार समूह देउवाको साथमा छ । सुनीलबहादुर थापा देउवाको टीममा उम्मदेवारका रुपमा अटाएका छैनन् भने थापाले देउवालाई नै साथ लिने संस्थापन पक्षको दाबी छ ।

शेखर र प्रकाशमान आमने सामने हुने अवस्था आएपछि रामचन्द्र पौडेलले प्रतिस्पर्धाबाट बाहिरिएका छन् । १३ औं महाधिवेशनमा सिटौलालाई साथ दिएका गगन थापाले शेखर कोइरालालाई रोजेपछि सिटौलाले आफ्नो समूह देउवा समूहमा मिसाएका छन्

१३ औं महाधिवेशनमा देउवासँगै सभापतिमा भिडेका सिटौला आफूचाहिँ प्रतिस्पर्धाबाट बाहिरै बसेका छन् ।

शेरबहादुरदेखि कल्याण गुरुङसम्म :

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...