Texas College
YouTube Link

‘गोल्डेन डान्सिङ्ग स्टार’ सम्पन्न, जेसिका र सवानी बने डान्सिङ्ग स्टार

फष्ट रनअप रस्मी सुनुवार भईन् भने सेकेण्ड रनरअप रोसिङ्गा राई भइन्

Facebook Link

 

काठमाडौं: गोल्डेन पिक हाई स्कुलका बालबालिकाहरुको प्रतिभा प्रष्फुटनका लागि भएको ‘गोल्डेन डान्सिङ्ग स्टार’को कार्यक्रम सम्पन्न भएको छ ।

 

सिनियर तर्फ गोल्डेन स्टार जेसिका राई हुन सफल भईन भने जुनियर तर्फ माधवी के.सी. भईन्  । त्यस्तै सिनियर तर्फ फष्ट रनअप रस्मी सुनुवार भईन् भने सेकेण्ड रनरअप रोसिङ्गा राई भइन् ।

 

जुनियर तर्फ फष्ट रनअरप सिवानी बस्नेत भईन् भने सेकेण्ड रनरअप सारंशी भुजेल भईन् ।

 

सबै डान्सिङ्ग स्टारहरुलाई प्रमाण-पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गरिएको थियो भने टप १५ मा प्रवेश गर्ने ग्राण्ड फिनालेका सहभागीहरुलाई मेडल र ट्रफि वितरण गरिएको थियो ।

 

ट्रफि र मेडल विद्यालयका प्रिन्सिपल छत्रमणि राई, डिपुटी प्रिन्सिपल भानदेव कपाडी र विद्यालय व्यवस्थापन समिति सदस्य आस्था बजगाईले वितरण गरेका थिए ।

 

कोरोना महामारीका कारण लकडाउन भएका कारण बालबालिकाहरुको मनोसामाजिक, भावनात्मक र शारीरिक विकासमा पर्न गएको वाधालाई केहि कम गर्न डान्सिङ्ग स्टारका लागि  अनलाईनदेखि नै अडिस लिइएको थियो ।

 

प्रत्येक राउण्ड पार गर्दै ग्राण्ड फिनालेसम्म पुगेका सहभागीहरुले विभिन्न कलात्मक शैलीबाट आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

 

डान्सिङ्ग स्टारका विजेता जेसिका राईले कुलतमा फसेका र महिला हिंसा विरुद्ध बुलन्द आवाज निकाल्ने सशक्तिकरणको नृत्य देखाएकी थिइन् भने फस्ट रनरअप रस्मी सुनुवारले अविभावक विहिन बालबालिकाको मर्म र मनोदशा झल्काउदै अभिभावकको दायित्व दर्शाएकी थिन् ।

 

त्यसैगरी सेकेण्ड रनरअप हुन सफल रोसिङ्गा राईले घरेलु कामदार बालिकाको मनोदशा र उसमा आएको सशक्तिकरणको बारेमा आफ्नो कलात्मक नृत्यबाट प्रस्तुत गरेकी थिइन् ।

 

बालबालिकाहरुलाई लकडाउनको बेलामा पनि सक्रिय र व्यस्त बनाउन यस्ता कार्यक्रमले ठूलो सहयोग पुगेको डान्स कोअर्डिनेटर राज श्रेष्ठ बताए ।

र यो पनि…

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...