कांग्रेस निर्वाचन समितिले जारी गर्यो उम्मेदवारको पहिलो नामावली (सूचीसहित)
वि.सं.२०७८ मंसिर २६ आइतवार १०:५९
काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति लगायत पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको नामावली प्रकाशित गरी सार्वजनिक गरेको हो ।
उपसभापतिमा ७ जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ ।
सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५ सय ९ जनाको उम्मेदवारी परेको छ ।
सोमबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ । कांग्रेसमा यसपालि ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् ।
हेर्नुस् को कुन पदको उम्मेदवार:
वि.सं.२०७८ मंसिर २६ आइतवार १०:५९