YouTube Link

‘पिस एन्ड युनिटी अ म्युजिकल टुर २०२२’ हुने

Facebook Link

काठमाडौं: ‘पिस एन्ड युनिटी अ म्युजिकल टुर २०२२’ हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलन गरी टुर हुने बारे जानकारी गराइएको हो ।

२०१९ मा यो टुर एक पटक मात्र भएको थियो । हरेक वर्ष गरिने भनिएको टुर विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण हुन सकेको थिएन ।

टुर अन्तर्गत २०१९ मा सुगम पोखरेल, वर्षा राउत र तृष्णा गुरुङले युरोपका विभिन्न देशमा आफ्नो प्रस्तुती दिएका थिए । तर, यो पटक भने गायकहरु संजय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्रधानसँगै गायिकाद्वय मेलिना राई र तृष्णा गुरुङ पनि विभिन्न देशका लागि टुरमा जाने भएका छन् ।

अप्रिलदेखि जुनसम्म हुने यो टुरको सुरुवात जापानबाट हुने पिस एण्ड युनिटिका अध्यक्ष मनिष श्रेष्ठले बताए । जुनमा युरोपका केही देश र जुलाइमा युएसएमा कार्यक्रम भएपछि यो टुरको सम्पन्न हुनेछ ।

जापान, युरोप र युएसएको विभिन्न ठाउँहरुमा कार्यक्रम हुने अध्यक्ष श्रेष्ठले बताए ।

यो टुरका लागि संजय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्राधन, मेलिना राई र तृष्णा गुरुङ न्युनतम पारीश्रमिकमा सहमत भएको कार्यक्रमका आयोजक किरण श्रेष्ठले जानकारी गराए ।

कार्यक्रममा बोल्दै उनले भने- ‘टुरबाट भएको नाफाको ८०% रकम पिस एण्ड ब्युटिफुल चिल्ड्रेन वेलफेयर नामक संस्थालाई च्यारीटी गरिने भएकाले कलाकारहरुले कम पारीश्रमिकमा आफ्नो प्रस्तुति दिन तयार भएका हुन् ।’

च्यारीटिका लागि आयोजना भएको कार्यक्रममा आफू सहभागी हुन पाउँदा निकै खुसी लागेको सबै गायक गायिकाले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...